ghar sansar

विशेष महाधिवेशन भए पार्टी विभाजन हुन सक्छ : लेखक

khasi

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले क्रियाशील सदस्यता टुंगो लगाउने हो भने पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताएका छन् । केन्द्रीय समिति बैठकमा धारणा राख्दै लेखकले विशेष महाधिवेशन भए पार्टी विभाजन हुन सक्ने बताए ।

‘विशेष महाधिवेशन गर्न विधानअनुसार साथीहरूले हस्ताक्षर गरी दर्ता गरेको स्थिति छ, हामीले नियमित महाधिवेशन गर्ने कि विशेष, चुनावअघि गर्ने कि पछि भनेर छलफल महिना दिनसम्म गरिसक्यौं,’ उनले भने, ‘विशेष महाधिवेशनसम्म जानै हुन्न । विशेष महाधिवेशन माग गर्ने साथीहरूको भावना समेटेर विशेष महाधिवेशन माग एजेन्डा फिर्ता गर्न लगाउनुपर्छ, क्रियाशील नवीकरण र नयाँ वितरण सके पुसभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ ।’

western public academy

उनले विशेष महाधिवेशन गरे त्यो बेमेलको महाधिवेशन हुने पनि दाबी गरे । पार्टीभित्र विशेष महाधिवेशनले असहमति र अन्योलको अवस्था ल्याउने उनको भनाइ छ ।

dirhayu

‘विशेष महाधिवेशन ४० प्रतिशत हस्ताक्षरले माग गर्न सके पनि त्यसको कार्यविधिलगायत प्रक्रिया के हुन्छ भन्ने अन्योल छ,’ उनले भने, ‘विशेष महाधिवेशन कार्यविधि के हुनेजस्ता अन्योलमा लैजानु भनेको त्यसले पार्टीलाई विभाजन गर्न सक्छ ।’

उनले विशेष महाधिवेशन पक्षधर र विशेष महाधिवेशन गर्न हुन्न भन्नेबीच यसको प्रक्रियालाई लिएर विवाद हुन सक्ने पनि बताए। ‘त्यस्तो बेला आ–आफ्नो व्याख्या हुन्छ र हाम्रा बीचमा दरार उत्पन्न गराउँछ,’ उनले भने, ‘विशेष महाधिवेशन गर्नु भनेको त्यस्तो जंगलभित्र कांग्रेस पस्नु हो जहाँबाट बाहिर निस्कने एउटा बाटो छैन, फरक फरक बाटो छन् र ती फरक फरक बाटोबाट बाहिर आउँदा कांग्रेस सग्लो रहँदैन । त्यसैले विशेष महाधिवेशन रोकौं।’

उनले केन्द्रीय समितिबाट जे निर्णय भए पनि एकताबद्ध रूपमा आउनुपर्नेमा जोड दिए । आफूले विगत एक महिनादेखि पुस महिनाभित्र १५ औं महाधिवेशन सम्भव रहेको बताउँदै आए पनि त्यो समय पनि अब घर्कन लागेको बताए। यो अवधिभित्र केन्द्रीय समिति अनिर्णित रहेको उनको भनाइ थियो ।

क्रियाशील सदस्यता छानबिन समिति र विधान मस्यौदा समिति सर्वसम्मत रूपमा गठन गरेर काम गरे पुस महिनाभित्रै महाधिवेशन सम्भव रहेको उनको भनाइ थियो । तर क्रियाशील नवीकरण र नयाँ वितरणपछि २० औं हजार उजुरी आउने र छानबिन गर्न ६, ८ महिना लाग्ने विगतको अनुभव रहेकोले चुनावअघि महाधिवेशन गर्न गाह्रो देखिएको पनि बताए ।

साभार : सेतोपाटी

Himal dental
सम्बन्धित
Loading...