ghar sansar

घर भत्काएपछि ज्यान जोगाउन भाग्ने क्रममा हात्तीले कुल्चिँदा गम्भीर घाइते भीमदत्त १४ वनकट्टीकी विष्टको मृत्यु

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १४ बनकट्टी स्याउलेमा गएराति हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

dirghayi clinic

सोमबार राति करिब ३ बजेको समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा पसेको हात्तीले भीमदत्त नगरपालिका १४ बनकट्टी बस्ने नन्दलाल बिष्टको कच्ची घर भत्काउने क्रममा भित्र सुतेकी उनकी श्रीमती ४५ वर्षीया धना बिष्टलाई आक्रमण गरेको थियो । घर भत्किएपछि भाग्ने क्रममा हात्तीले कुल्चिँदा धनाका खुट्टा, कुम र पिठ्यूँमा गम्भीर चोट लागेको थियो ।

,orning glory badhai

घटना लगत्तै प्रहरी चौकी झोलुङ्गे र मझगाउँस्थित नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । घाइते बिष्टलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका लागि पु¥याइएकोमा बिहान गरिब ०४ः४५ बजे उपचारका क्रममा धना बिष्टको मृत्यु भएको अस्पतालले हो ।

Himal dental
सम्बन्धित
Loading...