ghar sansar

एमाले नेता वस्नेत विरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेन जी र युवा संघका कार्यकर्ताबीच धनगढीमा झडप

khasi

महेन्द्रनगर । धनगढीमा युवा संघका कार्यकर्ता र जेनजीबीच झडप भएको छ । धनगढी कभर्डहल अगाडि एमाले नेत महेश वस्नेत विरुद्ध प्रदर्शन गरि रहेका जेनजी र युवा संघका कार्यकर्ताबीच सडकमा धकेलाधकेल भएपछि झडप भएको छ ।

dirghayi clinic

एमाले नेता महेश बस्नेतको बिरोधमा सडकमा प्लेकार्ड समातेर शान्तिपूर्ण प्रदर्शनमा रहेका जेन्जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ता आएका थिए ।

झडपमा धनगढी–४ की जेन्जी लिडर सरिता जोशीको हात भाँचिएको भनिएको छ। जोशीको हातमा चोट लागेपछि उनलाई नजिकै रहेको निसर्ग अस्पतालमा लगिएको छ। आक्रमणमा परेर गोपाल बोहरा लगायतका युवाहरूलाई पनि सामान्य चोटपटक लागेको जेन्जी प्रदर्शनकारीले बताएका छन्।

जेन्जीहरूले प्रहरीले आफ्नो सुरक्षा नगरेको आरोप लगाएका छन्। उनीहरूले युवा संघका केटाहरूलाई आफूहरूमाथी आक्रमण गर्न दिएको आरोप लगाएका छन्। सम्भावित झडपलाई मध्यनजर गरेर कभर्डहल अगाडि सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो।

Himal dental
सम्बन्धित
Loading...