ghar sansar

भृकुटी माविले मनायो ५६ औं वार्षिकोत्सव

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरूिथत भृकुटी माध्यमिक विद्यालयले ५६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी प्रमुख अतिथि थिए ।

,orning glory badhai

कार्यक्रममा प्रधानाध्यापक केहर सिंह महराले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले भौतिक संरचनाले सम्पन्न विद्यालय शैक्षिक गुणस्तरमा पनि उल्लेख्य सुधार आएको बताए ।

सो अवसरमा विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कार, छात्रवृत्ति रकम वितरण गर्नुका साथै अभिभावक लाई समेत सम्मान गरिएको छ ।

विद्यालयले विद्यालयमा आएर नियमितरुपमा आफ्ना बालबालिकाको पढाइ के कस्तो छ ? भनी रेखा देख गर्ने अभिभावकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कक्षा ६ मा पढ्ने जीवन भट्टका अभिभावक कमलादेवी भट्ट, कक्षा १२ मा पढ्ने रेनु बुडालका अभिभावक धन सिंह बुडाल रहेका छन् । उनीहरूलाई सम्मान पत्र र टिका लगाएर सम्मान गरिएको छ ।

कक्षागत रुपमा बार्षिक परीक्षामा उत्कृष्ट तीन जना विद्यार्थीलाई पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यसैगरी अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पनि पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गरिएको छ ।

dirghayi clinic

विद्यालयमा स्थापना गरिएका विभिन्न छात्रवृत्ति रकम विद्यार्थीहरुलाई वितर गरिएको छ ।

कार्यक्रममा अभिभावक, शिक्षक, पूर्व शिक्षक, विभिन्न विद्यालयका प्रधानाध्यापक, शैक्षिक क्षेत्रका बौद्धिक व्यक्तित्व, पत्रकार र विभिन्न संघ संस्थाका प्रतिनिधि अतिथि छन् । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।

विद्यार्थीहरुको अध्ययनलाई अझ राम्रो बनाउन अभिभावकहरुले पनि घरमा बालबालिकाहरुको निगरानी गर्न जरुरी रहेको भन्दै भृकुटी माविमा अभिभावकहरू मिटिङमा समेत उपस्थित नहुने समस्या रहेको व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रीले बताए । उनले सबै अभिभावकलाई विद्यार्थीहरुको निगरानी र पढाइमा ध्यान दिन आग्रह गरे ।

२०२६ मा स्थापित विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन भइरहेको छ भेने कक्षा११ र १२ मा प्राविधिक धार र साधारण धारमा पढाइ भइरहेको छ । प्राविधिक धारमा इलेक्ट्रइकल इन्जिनियरिङ ३ बर्र्ष, २४ महिने र १८ महिने इलेक्ट्रोनिकल इन्जिनियरिङ्ग विषयको पढाइ हुँदै आएको छ । विद्यालयमा ८ सय विद्यार्थी अध्ययनरत छन् ।

यस विद्यालयबाट २०६२ सालमा एसएलसी पास गरेका गोकुल पन्त न्यायाधीशमा सिफारिस भएका छन् । यो विद्यालयबाट पास भएका थुप्रै विद्यार्थी सरकारी सेवामा प्रवेश गरिसकेका छन् ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएर अतिथि अभिभावक हरुलाई मनोरञ्जन दिएका छन् ।

कार्यक्रमको सहजीकरण शिक्षक हरी प्रसाद जोशीले गरेका थिए भने सांस्कृतिक सेसनको सहजीकरण बालविकास सहजकर्ता विमला भट्टले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...