

महेन्द्रनगर । शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।
प्रहरीका अनुसार सार्वजनिक बिदा परेकाले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धानका लागि अनुमति लिन अदालतमा पेश गर्ने तयारी गरिएको हो ।

कानुनी प्रक्रियाअनुसार उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ ।
प्रहरीले प्रारम्भिक रूपमा २४ घण्टासम्म हिरासतमा राख्न सक्ने भए पनि थप समयका लागि अदालतबाट अनुमति लिनुपर्ने हुन्छ ।
आइतबार अदालतबाट अनुमति लिएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीको भनाइ छ ।
