ghar sansar

राप्रपा विद्यार्थी संगठनका पूर्व केन्द्रीय सह संयोजक बिष्टले छाडे पार्टी, रास्वपा प्रवेश, मानव विकास प्रवद्र्धन विभाग सदस्य जिम्मेवारी

little buddha academy
khasi

महेन्द्रनगर । राप्रपा निकट विद्यार्थी संगठनका पूर्वकेन्द्रीय सहसंयोजक उमेश सिंह बिष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई रास्वपाको केन्द्रीय मानव विकास प्रवद्र्धन विभाग सदस्यको जिम्मेवारी प्रदान गरिएको छ ।

२०६२÷०६३ पछिको चुनौतीपूर्ण राजनीतिक परिवेशमा राप्रपा नेपाल निकट विद्यार्थी संगठनमार्फत् राजनीतिक यात्रा शुरू गरेका बिष्टले सडक आन्दोलनदेखि विश्वविद्यालय राजनीति, संगठन विस्तारदेखि राष्ट्रवादी अभियानसम्म सक्रिय भूमिका निर्वाह गरेका थिए ।

dirghayi clinic

उनले संगठनको इकाइ अध्यक्ष, प्रदेश इन्चार्ज, केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय सह–संयोजक लगायत विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

पूर्वमन्त्री उद्धव थापा तथा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाको स्वकीय सचिवको रूपमा काम गरेको अनुभवसमेत बिष्टसँग रहेको छ ।

डेढ दशक लामो राजनीतिक यात्रापछि रास्वपामा जोडिएका उनले मानव विकास, जनसेवा र सकारात्मक परिवर्तनका लागि इमान्दार र प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।

नयाँ जिम्मेवारीप्रति आभार व्यक्त गर्दै बिष्टले पार्टी नेतृत्व, सहकर्मी, परिवार, आफन्त तथा शुभेच्छुकहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...