

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ बाट १५ औं महाधिवेशनका लागि युवाबाट अमृत कार्की र लोचन कार्की निर्वाचित भएका छन् ।

निर्वाचन समितिले सार्वजनिक अन्मित मत परिणाम अनुसार लोचन कार्की युवामा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । उनले २ सय ९६ मत ल्याएका छन् ।
युवा सदस्यमा अमृत कार्की र गोबिन्द भट्टले बराबर मत ल्याएपछि गोलाप्रथामा अमृत निर्वाचित भएका छन् । उनीहरु दुबैले समान २ सय ४२ मत ल्याएका थिए ।
अमृत भीमदत्त १० र भट्ट दोधारा चाँदनीका हुन् । अर्का निर्वाचित लोचन भीनपा ९ का हुन् । युवामा गोकर्ण महरा पराजित भएका छन् । उनले २ सय ३३ मत ल्याएका छन् ।
