ghar sansar

कञ्चनपुर ३ बाट काँग्रेसका ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

khasi

महेन्द्रनगर । काँग्रेस १५ र्औं महाधिवेशनका लागि कञ्चनपुर ३ बाट ३३ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । आइतबारदेखि सुरु कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशनबाट उनीहरु निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिमध्ये विभिन्न क्लस्टरका ९ जना निर्विरोध भएका छन् । त्यस बाहेक २४ जना निर्वाचनबाट निर्वाचित भएका छन् । खुलाबाट सबैभन्दा बढी १० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

सुदूरपश्चिम सरकारका पूर्व मन्त्री बहादुर थापा, पूर्व मन्त्री बेल बहादुर राना, भीमदत्त ११ का वडा अध्यक्ष प्रकाश थापा, लोक बहादुर ठकुराठी, विष्णुदत्त जोशी, दिपक बहादुर सिंह, दुर्गादत्त बोहरा, नाफू सिह साउँद, कृष्ण कुँबर र मेखराज पण्डित निर्वाचित भएका छन् ।

खुलामा १० जनाका लागि दोब्बर प्रतिस्पर्धी चुनाव लडेका थिए । महाधिवेशन प्रतिनिधिको श्रमिक क्लस्टरमा बिर्ख बहादुर मल्ल फराकिलो मत अन्तरले निर्वाचित भएका छन् । मल्लले सिद्धराज बोहरालाई पराजित गरेका छन् ।

युवा खुलामा लोचन कार्की र अमृत कार्की निर्वाचित भएका छन् । प्रजातान्त्रिक सेनानीबाट प्रेम बहादुर विष्ट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

dirghayi clinic

महाधिवेशन प्रतिनिधिको खस आर्यबाट कृष्ण प्रसाद पाठक, दिल बहादुर सिंह, यज्ञराज चटौत र शंकर बहादुर चन्द निर्वाचित भएका छन् । चार जनाका लागि १० जनाबीच प्रतिस्पर्धा भएको थियो ।

महिला खुलाबाट अहिल्यादेबी बोहरा, माया भट्ट, खगेश्वरी बोगटी र सीमा बोहरा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सीमा बोहरा र मीना भण्डारी दुबैको समान मत आएको थियो । गोला प्रथाबाट बोहरा निर्वाचित भएकी छन् ।

खस आर्यको महिलामा काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद, गंगा विष्ट र मन्जु गिरी निर्विरोध महाधिवेशन प्रतिनिधि भएका छन् । थारुबाट भारती देबी चौधरी पनि निर्विरोध भएकी छन् ।

दलित समानुपातिकबाट हिरा कुमारी सार्की र पदम सुनार निर्विरोध महाधिवेशन भएका छन् । दलित खुलामा हरिहर परियार निर्विरोध भएका छन् ।

काँग्रेस कञ्चनपुरका पूर्व सचिव दिवाकर पाण्डेय अपाङ्गता, गजेन्द्र रावल पेशागत र महिला युवाबाट कमलादेबी उपाध्यय निर्विरोध महाधिवेशन प्रतिनिधि भएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...