ghar sansar

गर्मी बढेपछि कृष्णपुरमा पनि तीन दिन विद्यालयमा बिदा

little buddha academy
khasi

भवानी भट्ट
महेन्द्रनगर । गर्मी बढेपछि यहाँको कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेको छ । नगरपालिकले सोमबारदेखि ३ दिन बिदा दिने निर्णय गरेको हो ।

dirghayi clinic

केही दिनयता पश्चिम तराइमा गर्मी अत्यधिक बढेको छ । यहाँ अधिकतम तापक्रम ४० डिग्री आसपास पुगेको छ । जसका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्ने भन्दै नगरपालिकाले ३ दिन गर्मी बिदाबाट कट्टी हुने गरी विद्यालयमा बिदा दिने निर्णय गरेको नगर प्रमुख हेमराज ओझाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

नगर क्षेत्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो । ‘गर्मीले बालबालिकालाई स्कुल आउजाउ गर्नै गाह्रो भयो,’ नगर प्रमुख ओझाले भने, ‘सञ्चित बिदाबाट काटिने गरेर अहिले बिदा दिने निर्णय गरेका हौं ।’

केही दिनयता अत्यधिक गर्मी र तातो हावा लूका कारण पश्चिम तराइको जनजीवन निकै प्रभावित भएको छ । दिउँसोको समयमा अत्यावश्यकबाहेक हिँडडुल नगर्न स्वास्थ्यकर्मीले सुझाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...