ghar sansar

महाकाली बहु प्राविधिक शिक्षालयसित फेरि दुई स्वास्थ्य संस्थाको सहकार्य, मन्त्र हस्पिटल र युनाइटेड ल्याबोरेटरीसित एमओयू

little buddha academy
khasi

महेन्द्रनगर । महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य क्षेत्रका दुई संस्थासित द्विपक्षीय सहकार्यका लागि बुधबार समझदारी पत्र(एमओयू) गरेको छ । शिक्षालयका सेवा विस्तार तथा जनशक्ति व्यवस्थापनका लागि ओजिटी प्रदायक स्वास्थ्य संस्थासित एमओयूमा हस्ताक्षर गरिएको छ ।

बुधबार औपचारिक कार्यक्रममा मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र युनाइटेड ल्याबोरेटरी एण्ड डायग्नोस्टिक सेन्टरसँग एमओयू गरेको छ ।

,orning glory badhai

ती दुबैसित शिक्षालयका तर्फबाट निर्देशक परमल सिह साउँदले हस्ताक्षर गरे । मन्त्र हस्पिटलका कार्यकारी निर्देशक डा. गोविन्द रोकाया र युनाइटेड ल्याबोरेटरी एण्ड डायग्नोस्टिक सेन्टरका सञ्चालक खेमराज अवस्थीले आ–आफ्नो संस्थाबाट हस्ताक्षर गरेका छन् ।

सम्झौतामा मन्त्र हस्पिटलले शिक्षालयका विद्यार्थी, प्रशिक्षक र कर्मचारीलाई स्वासथ्य सेवामा १० देखि २५ प्रतिशत छुट दिने उल्लेख गरिएको छ । शिक्षालयका जनशक्तिलाई अस्पतालले प्राथमिकता दिइने सम्झौता गरिएको छ ।

युनाइटेड ल्याबोरेटरी एण्ड डायग्नोस्टिक सेन्टरबाट शिक्षालयले १० प्रतिशत छुट पाउने सम्झौता गरिएको छ ।

शिक्षालयले क्वालिटी परियोजना अन्र्तगत बुधबार ओजेटी (अन–द–जब ट्रेनिङ) प्रदायक संस्थासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका थियो । कार्यक्रममा ती दुबै संस्थासित एमओयूमा हस्ताक्षर गरिएको छ ।

dirghayi clinic

शिक्षालयका निर्देशक साउँदले शिक्षालयको विकासका लागि विगतदेखि सहकार्य हुँदै आएकोमा त्यसलाई निरन्तरता दिँदै थप दुई संस्थासित सहकार्यका लागि सम्झौता गरिएको बताए ।

भीमदत्त नगरपालिकाले सिटीईभिटीको सम्बन्धमा शिक्षालय सञ्चालन गरेको हो । शिक्षालय यस अघि कोहलपुर मेडिकल कलेज, गेटा अस्पताल, बेलडाँडी प्रथामि स्वास्थ्य केन्द्र, बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र र दोधारा–चाँदनी नगर अस्पतालसँग साझेदारीका लागि सम्झौता गरि सकेको छ ।

सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख भीम बहादुर बुढाको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रमको अध्यक्षता निर्देशक साउँदले गरे ।

कार्यक्रममा क्वालिटी परियोजनाका मेनेजर उद्धव श्रेष्ठ, कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तेज बहादुर चन्द, स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र सिह रावल, बेल्डाडी प्राथमिक स्वास्थ्य केन्द्रका रामदत्त अवस्थी, शितल हस्पिटलका सञ्चालक रबिन्द्र कुँवर लगायतका सहभागी भए ।

शिक्षालयका प्रशिक्षक बिमला भट्टले कार्यक्रम सञ्चालन गरिन् । शिक्षालयमा फार्मेसी, एचए, अप्थाल्मिक साइन्स र ल्याब गरी चार कार्यक्रम सञ्चालनमा छन् ।

शिक्षालयका अनुसार ल्याब ३० जनाको कोटा छ । त्यस बाहेक अन्य तीन कार्यक्रममा ४०÷४० जनाले अध्ययन गर्न पाउने गरेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...