ghar sansar

पौडी खेलेर तर्ने भन्दै महाकाली हाम फालेका काभ्रेका चौलागाई भँगालोमा अड्किए, सशस्त्र प्रहरी गयो उद्धार

khasi

महेन्द्रनगर । महाकाली नदीको भंगालोमा फसेका काभ्रेका उमेश चौलागाईको उद्वार गरिएको छ ।

दोधारा चादनी घुम्न गएका ५२ बर्षिय चौलागाई बिहान महाकाली नदीमा पौडी खेलेर तर्ने क्रममा भंगालोमा फसेक थिए ।

,orning glory badhai

नदीको भंगालोमा फसेपछि सशस्त्र प्रहरीको देबिस्थान गुल्मका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर महराको नेतृत्वमा उद्वारका लागि टोली परिचालन गरिएको थियो ।

dirghayi clinic

गुल्मपति महराले रबरबोट प्रयोग गरी भंगालोसम्म पुगेर उद्वार गरिएको बताए ।

चौलागाईं घुम्नका लागि दोधारा चादनी गएका हुन । महाकालीमा पौडी खेलेर तर्नका लागि उनी नदीमा पसेका थिए ।

काठमाडौमा तरकारी कारोबार गर्दै आएका छ्न । उनले आफू काभ्रेमा पौडी खेलेर नदी तर्ने गरेकाले महाकाली तर्न खोजेको बताएका छ्न ।

नदीमा पौडी खेलेर पहिलो भंगालो पार गरेका उनी दोस्रोमा पुगेर रोकिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...