

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरको अध्यक्षमा केशव बहादुर खत्री चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका ५ का वडा अध्यक्ष खत्री पार्टीको सातौँ जिल्ला अधिवेशनमा सर्वसम्मत अध्यक्ष भएका छन् ।

अधिवेशनबाट जिल्ला सदस्यमा कैलाश भट्ट, हरिचन्द्र भट्ट, भगीरथ भट्ट, माया रावल, हेलेन श्रेष्ठ, ठगसिह धामी, नन्दा खत्री, धनसिह धामी, केशव राज जोशी, दिल बहादुर नाथ, गोबिन्द सिह ऐर, उपदेश सिह, सुरेन्द्र कुँवर, गंगा कठायत, बिर सिह साउद, कल्लु राना, सुरेन्द्रराज घिक्त, प्रकास दत्त भट्ट, नर बहादुर सिह, सुकमान सुनार, सुर्य बहादुर शाही, प्रेमसिह साउद र छज्जु राना चयन भएका छन ।
राप्रपा कञ्चनपुरको अध्यक्षमा चयन भएका नवनिर्वाचित अध्यक्ष केशव बहादुर खत्रीले जिल्लामा राप्रपालाई स्प्रीडमा लग्ने योजना रहेको बताए ।
‘यो एउटा भ्रम चिरिएको छ, राप्रपामा बुढापाखा मात्रै हुन्छन, भन्ने मेरो नेतृत्वले चिरेको छ, ‘उनले भने, ‘राप्रपामा अब युवा पुस्ताको काँधमा आएको छ ।’
