ghar sansar

दोधारा चाँदनीका विद्यालयमा वास कार्यक्रम

khasi

महेन्द्रनगर । नेपाल सरकारको सोह्रौँ योजनाले “सुशासन, सामाजिक न्याय र समृद्धि” लाई दीर्घकालीन सोचका रूपमा अघि सार्दै नागरिकको जीवनमा प्रत्यक्ष अनुभूति हुने विकास तथा सुशासन सुनिश्चित गर्न स्वास्थ्य, शिक्षा, सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छतालाई प्राथमिकतामा राखेको छ ।

यही राष्ट्रिय प्राथमिकतालाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न कञ्चनपुरमा विद्यालय तथा समुदायस्तरमा स्वास्थ्य, सरसफाइ तथा स्वच्छता (वास) प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएका छन् ।

जर्मन नेपाल हेल्थ एसोसिएसनको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित स्वस्थ बानी परियोजन अन्तर्गत भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न विद्यालय तथा समुदायमा वास सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो ।

परियोजनाले विद्यालय तथा समुदायमा स्वच्छ तथा सुरक्षित खानेपानीको प्रयोग, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, सुरक्षित शौचालयको प्रयोग तथा व्यवस्थापन, महिनावारी स्वच्छता, फोहोरमैला व्यवस्थापन र स्वस्थ व्यवहार प्रवद्र्धन जस्ता विषयलाई प्राथमिकतामा राखेको छ ।

dirghayi clinic

विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, नगरपालिका प्रतिनिधि तथा समुदायका सरोकारवालाबीच छलफल तथा परामर्श मार्फत वास सम्बन्धी ज्ञान र व्यवहारमा सुधार ल्याउने प्रयास भइरहेको परियोजनाले जनाएको छ ।

विद्यालयस्तरमा सञ्चालन गरिएका कार्यक्रममा विद्यार्थीहरूलाई व्यक्तिगत स्वास्थ्य तथा स्वच्छता, हात धुने सही तरिका, सुरक्षित खानेपानीको महत्व, स्वच्छ शौचालयको प्रयोग तथा फोहोरको उचित व्यवस्थापनबारे जानकारी प्रदान गरिँदै आएको छ ।

विद्यालयको भौतिक तथा ध्ब्क्ज् पूर्वाधारलाई विद्यार्थीको स्वास्थ्य, नियमित विद्यालय उपस्थित र सिकाइमैत्री वातावरणसँग जोडेर सुधार गर्न सरोकारवालासँग समन्वय तथा परामर्श गरिँदै आएको छ ।

त्यसैगरी, समुदायस्तरमा आमा समूह तथा स्थानीय समुदायका सदस्यहरू मार्फत व्यक्तिगत स्वास्थ्य तथा सरसफाइ, सुरक्षित खानेपानी, महिनावारी स्वच्छता तथा स्वस्थ जीवनशैलीका विषयमा छलफल तथा जानकारीमूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। आमा समूहको गठन, भूमिका तथा जिम्मेवारीबारे समेत अभिमुखीकरण गरी समुदायमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी सकारात्मक व्यवहार प्रवद्र्धन गर्ने प्रयास गरिएको छ ।

परियोजनाले विद्यालय र समुदायबीच समन्वय तथा सहकार्य बढाउँदै स्थानीय स्तरमै ध्ब्क्ज् सम्बन्धी सचेतना र व्यवहार परिवर्तनलाई संस्थागत गर्ने लक्ष्य लिएको छ ।

सुरक्षित खानेपानी, स्वच्छ वातावरण र स्वस्थ व्यवहारलाई विद्यार्थी तथा समुदायको दैनिक जीवनको अभिन्न हिस्सा बनाउने उद्देश्यले सञ्चालन भइरहेका यस्ता कार्यक्रमले स्थानीय तहमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी व्यवहार सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Himal dental
सम्बन्धित
Loading...