ghar sansar

बैजनाथ माविका वर्षाै पूराना भवनमा बल्ल पुग्यो सुदूरपश्चिम सरकारको नजर, पहिलो पटक चार कोठे भवनका लागि बजेट

khasi

महेन्द्रनगर । सुुदूरपश्चिम प्रदेश सरकारले पहिलो कञ्चनपुरको सबैभन्दा पुरानो बैजनाथ माध्यमिक विद्यालयका लागि बजेट विनियोजन गरेको छ ।

संघीय संरचना अनुसार प्रदेश सभा सदस्य निर्वाचनपछि पहिलो पटक विद्यालयको चार कोठे भवन निर्माणका लागि बजेट छुट्याइएको छ ।

विद्यालयले यस अघि पटक पटक विद्यालय भवन निर्माणका लागि सरकारसित माग गर्दै आएको थियो ।

यस वर्ष चार कोठे भवन निर्माणका लागि प्रदेश सरकारले बजेट दिएको व्यवस्थापन समिति अध्यक्ष गणेश खत्रीले बताए ।

‘धेरै पहिलेदेखि माग गर्दै आएका थियौ, यस पटक पहिलो पटक चार कोठे भवनका लागि बजेट आएको छ’ अध्यक्ष खत्रीले भने ।

dirghayi clinic

भवन निर्माणका लागि बजेट विनियोजनका लागि विद्यालयले एमाले संसदीय दलका नेता पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलसित आग्रह गरेको थियो ।

व्यवस्थापन समिति अध्यक्ष खत्रीले पूर्व मुख्यमन्त्री रावलप्रति आभार व्यक्त गरेका छन् ।

‘विशेष धन्यवाद तथा हार्दिक कृतज्ञता सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री आदरणीय राजेन्द्र रावलज्यू प्रति व्यक्त गर्न चाहन्छु । यहाँको पहल, प्रयास र सहयोगका कारण हाम्रो प्रिय वैजनाथ माध्यमिक विद्यालयले सानो भए पनि महत्त्वपूर्ण राहत प्राप्त गरेको छ’ सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘ विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यार्थीहरूको सहज पठनपाठनका लागि यहाँले गर्नुभएको योगदानप्रति हामी हार्दिक आभारी छौँ ।’

विद्यालयमा विद्यार्थी संख्या निरन्तर बढ्दै गएपछि कक्षा कोठाको अभाव हुन पुगेको छ । पूराना जीर्ण भवनका विद्यार्थीका लागि कक्षा कोठा सञ्चालन गरिएका छन् ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नवराज भट्टले नयाँ भवन नभएर विद्यालय बाध्य भएर जीर्ण भवनमा अध्ययन अध्यापन गराउँदै आएको बताए ।

सुदूरपश्चिम सरकारले सार्वजनिक बजेटलाई लिएर अहिले सत्तारुढ र सत्ता साझेदार दुबै दलका नेता कार्यकर्ता भने असन्तुष्ट भएका छन् ।

बैजनाथ मावि २०२३ सालमा स्थापना भएको कञ्चनपुरको सबैभन्दा पुरानो विद्यालय हो । अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने यस विद्यालयमा हाल डेढ हजार विद्यार्थी अध्ययनरत छन् ।

Himal dental
सम्बन्धित
Loading...