ghar sansar

बजेटमा असन्तुष्ट साँसद थापाको राजीनामा स्वीकृत नगर्न एमालेभित्र दबाव

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारूढ नेकपा (एमाले) भित्र देखिएको असन्तुष्टि प्रदेश सभा सदस्यको राजीनामासम्म पुगेको छ । बजेटमाथि आफ्ना कुरा राख्न नपाएको भन्दै एमालेका प्रदेश सभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित थापाले मंगलबार प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका हुन्। उनी यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत थिए ।

बजेट पारित गर्ने प्रक्रियाप्रति असन्तुष्ट थापाले एमाले संसदीय दलको बैठकमा बजेटमाथि पर्याप्त छलफल हुनुपर्ने र सबै प्रदेश सभा सदस्यलाई आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने अडान राखेका थिए । तर, बजेटलाई हतारमा पारित गर्न खोजिएको र आफूलाई समेत छलफलमा सहभागी हुन नदिइएको भन्दै उनी असन्तुष्ट बनेको स्रोतको भनाइ छ ।

dirghayi clinic

थापाले राजीनामा बुझाए पनि सभामुख भण्डारीले त्यसबारे निर्णय गरिसकेका छैनन् । स्रोतका अनुसार उनको राजीनामा स्वीकृत नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई दबाब दिएका छन् ।

एमालेले उनलाई स्पष्टीकरण सोध्ने तर राजीनामा स्वीकृत हुन नदिने बाटो अवलम्बन गर्ने जनाइएको छ । यद्यपि, यसबारे सम्बन्धित पक्षबाट औपचारिक पुष्टि भएको छैन ।

थापाको सचिवालयले पनि राजीनामाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। उनका स्वकीय सचिव राधाकृष्ण जोशीले यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, बजेटको आकार र विनियोजन प्रक्रियालाई लिएर सत्तारूढ दलकै सांसदहरू असन्तुष्ट देखिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बहिष्कारबीच मंगलबार बसेको प्रदेश सभा बैठकले बजेट पारित गरेको थियो ।

बजेट पारित भए पनि त्यसप्रतिको असन्तुष्टि भने साम्य भएको छैन । सभामुख भण्डारीले बजेटको अध्ययन गर्न संसदीय समिति गठन गर्ने र समितिको प्रतिवेदनका आधारमा आगामी कात्तिक २० गतेभित्र पूरक बजेट ल्याउने बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...