

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ को भृकुटी टोलमा सरसफाई गरिएको छ । भृकुटी टोल विकास समितिका अध्यक्ष राजिव नेपालीको अगुवाईमा त्रिपुरा क्लबको बाटोमा सरसफाई गरिएको छ ।
बाटो वरिपरि बढ्दै गरेको घाँस बोटबिरुवा झारपातले बाटो साँघुरिएको र दिनमै डर लाग्ने अवस्थामा भएएपछि सरसफाई गरिएको अध्यक्ष नेपालीले बताए ।

सरसफाईमा नेकपा प्रदेश कमिटी सदस्य तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नेपाली सहित सुकासाल प्रहरी बिटका इन्चार्ज, नेकपा समाजवादीका नेता गणेश ठगुना लगायत सहभागी भएका छन् ।
टोलको खानेपानी छेउका खाल्डाखुल्डीमा ढक्कनको व्यवस्था गरिएको छ । खानेपानी रोडको र खोलाको किनारमा भएकाले त्यहाँ राति आवतजावत गर्न सजिलो होस् भनेर बिजुली अर्थात् सोलारको व्यवस्था गरिएको छ ।
खानेपानीमा सिसिटिभी क्यामेरा समेत जडान गर्ने निर्णय गरिएको छ । त्रिपुरा क्लबदेखि सिधै ५०० मिटर मिटर खानेपानी टङ्कीको दक्षिणतिर युवा युवतीले भेटघाट स्थल बनाएको र रातमा युवा युवती यो ठाउँमा आएर विकृति फैलाउने र नशा गर्ने लगायतका समस्याहरु समाधानका लागि आग्रह गरिएको छ ।
