ghar sansar

सत्तारुढ रास्वपाको दोधारा चाँदनी नगर समितिको मासिक बैठकमा मतदान गरी नगर सचिव चयन

khasi

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोधारा चाँदनी नगर समिति सचिवमा कृष्ण प्रसाद बडु चुनिएका छन् ।

रास्वपा नगर समितिले गत जेठमा सचिव हरि बराललाई निलम्बन गरी पदमुक्त गर्ने निर्णय गरेपछि सचिव पद रिक्त हुन पुगेको थियो ।

रास्वपा नगर समितिको शनिबार बसेको मासिक बैठकले रिक्त पदमा मतदान गरी सचिव चयन गरिएको छ । बैठकमा रिक्त सचिवका लागि बडु सहित तीन जना आकाँक्षी भएपछि मतदान गरिएको थियो ।

उनीहरुमध्ये सबैभन्दा बढी मत ल्याएर बडु सचिव भएका छन् । बडुले खसेको २० मतमध्ये ११ मत पाएका छन् । त्यसैगरी मदन राज गिरी ८ र दीपक बलमे १ मत पाएका छन् ।

dirghayi clinic

रास्वपा नगर सभापति पुरन कुमालले नव निर्वाचित सचिव बडुलाई बधाई तथा शुभकामना दिएका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीको मासिक बैठकबाट नगर सचिव पदमा निर्वाचित हुनु भएकोमा कृष्ण प्रसाद बडुजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’ उनले भनेका छन् ।

रास्वपा नगर समितिले निलम्बलन गरेका बरालले आगामी निर्वाचनका लागि दोधारा चाँदनी ७ को वडा अध्यक्षका लागि क्यान्डिडेट क्बलमा निवेदन दिएका छन् ।

नगर समितिको बैठकले बरालमाथि सदस्यहरुलाई भड्काउने, उस्काउने, पार्टी संगठनको काममा बाँधा पु¥याउने, धाकधम्की दिने, सार्वजनिक स्थलमा तोडफोड गर्ने लगायतका आरोप लगाउँदै पदमुक्त गर्ने निर्णय गरेको थियो ।

मासिक बैठकमा रास्वपाका नेता नविन चन्द लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...