

महेन्द्रनगर । कञ्चनपुरमा भारतबाट अवैध रूपमा भन्सार छली भित्र्याइएका साढे पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएका सामान बरामद गरेको हो । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले इलाका प्रहरी कार्यालय बेलौरीबाट मोबाइल थानका डिस्प्ले, पानी तान्ने मोटरलगायतका सामान बरामद गरेको छ। उक्त सामानको मूल्य ५ लाख ३३ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट पावर कन्ट्रोल बोर्ड, कन्ट्रोल प्यानल बक्स, फ्रिजको थर्मोस्टेट र प्लास्टिक पोलिथिनलगायतका सामान बरामद गरिएको छ। ती सामानको मूल्य १९ हजार ४२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट १३ हजार ३५० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ ।
