ghar sansar

साधारण स्कुलले पुसमा मनाउँदै स्वर्ण महोत्सव, विभिन्न समिति बनाएर थालियो तयारी

khasi

महेन्द्रनगर । सुदूरपश्चिमको प्रतिष्ठित शैक्षिक संस्था महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) ले आगामी पुसमा ५० औं वार्षिकोत्सव तथा स्वर्ण महोत्सव बनाउने भएको छ ।

विद्यालयमा स्वर्ण महोत्सव बनाउने तयारी थालिएको छ । तयारीका लागि विभिन्न समिति गठन गरिएका छन् । विद्यायलयले शनिबार बिहान पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सव सम्बन्धि जानकारी दिएको छ ।

व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्रराज विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष हरिश भट्टले शुभ कामना मन्तव्य राखे ।

विद्यालयका प्रधानाध्यापक देबराज भट्टले स्वर्ण महोत्सव कार्यक्रम सम्बन्धि जानकारी दिए ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा स्वर्ण महोत्सव तयारी लगायत विद्यालयको शैक्षिक भौतिक प्रगति उल्लेख गरिएको छ ।

dirghayi clinic

विद्यालयमा हाल तीन हजार एक सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

स्वर्ण महोत्सवमा ५० लाख अक्षय कोष र इ लाइब्रेरी उद्घाटन कार्यक्रम सबैभन्दा ठूलो कार्यक्रममा रुपमा राखिएका छन् ।

इ लाइब्रेरी देशभरका विद्यालयमध्ये पहिलो हुने अध्यक्ष विष्टले बताए । विष्ट २०७१ मा पहिलो पटक अध्यक्ष हुँदा तीन सय ७४ विद्यार्थी थिए ।

स्वर्ण महोत्सवमा भलिबल प्रतियोगिता, खाद्य तथा विज्ञान प्रदर्शनी लगायतका अन्य कार्यक्रम पनि राखिएका छन् ।

स्वर्ण महोत्सका दिन पुस १६ गते विद्यालयमा स्वर्ण स्तम्भ अनावरण गरिने अध्यक्ष विष्टले बताए ।

कार्यक्रममा विद्यालयको शैक्षिक भौतिक विकासका लागि लागि योगदान पुगाउने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिने प्रधानाध्यापक भट्टले जानकारी दिए ।

विद्यालयका सहायक प्रधानाध्यापक सरस्वती भाट धामीले कार्यक्रम सञ्चालन गरेका थिइन् ।

Himal dental
सम्बन्धित
Loading...