ghar sansar

सीडीओ अर्याल अचानक किन पुगे दोधारा चाँदनी ?

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा महाकाली नदी नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी सहितले स्थलगत अनुगमन गरेका छन् ।

महाकाली नदी नियन्त्रणको लागि निमार्ण भएको पक्की तटबन्धको कमजोर र जीर्ण भएको अवस्थामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालय निरीक्षणमा पुगेका छन् ।

dirghayi clinic

अनुगमनमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालय, जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक दुर्गा बोहरा, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँका वार्डेन किशोर कुमार मेहता, सुरक्षा अधिकारी सहभागी भएका छन् ।

टोलीले दोधारा चाँदनी नगरपालिका १० को प्रधान टोल, कुतियावकर बस्ती नजिक रहेको महाकाली नदीको अवस्था र तटबन्धको अवस्थाको बारेमा स्थानीयसंग जानकारी लिएको छ ।

दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले महाकाली नदीको पक्की तटबन्धको क्षतिग्रस्त अवस्था र तटबन्धको सतह विगतका तुलनामा धस्सिदै गएको प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।

Himal dental
सम्बन्धित
Loading...