ghar sansar

महाकाली अस्पतालमा वडाको सिफारिशले उपचार नहुने भन्दै डाक्टरले च्याति दिए सिफारिश पत्र

little buddha academy
khasi

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालका चिकित्सकले निःशुल्क उपचारका लागि भीमदत्त नगरपालिका १८ ले बनाएको सिफारिश पत्र च्याति दिएका छन् ।

अस्पतालको बहिरङ्ग विभागमा डा. गिरिश अवस्थीले भीनपा १८ सुकुम्बासी टोलका बासुदेव कामीकी छोरी दुर्गाको उपचारका लागि बनाएको सिफारिश पत्र च्याति दिएका हुन् । उनी वडा कार्यालयको सिफारिश उपचारका लागि अस्पताल गएका थिए ।

,orning glory badhai

डाक्टर अवस्थीले सिफारिशका आधारमा उपचार नहुने भन्दै सिफारिश च्याति दिएपछि उनी फेरि वडा कार्यालय पुगेका छन् । ‘अवस्था कमजोर छ, उपचारका लागि सहयोग गरि दिनु प¥यो भनेर वडा कार्यालयमा आउनु भएको थियो, त्यसपछि निःशुल्क उपचारका लागि सिफारिश गरेका हौ’ भीनपा १८ का अध्यक्ष रविन्द्र देवकोटाले भने,‘त्यहाँ गएर सिफारिश देखाएपछि यस्तो सिफारिशले नि उपचार हुन्छ भनेर सिफारिश पत्र नै च्यातेर पठाई दिएका छन्, यो राम्रो होइन् ।’

रगत सम्बन्धी विरामी १८ वर्षिय छोरीको उपचारमा उपचार खर्च नभएपछि कामी वडा कार्यालय पुगेका थिए । वडा कार्यालयले महाकाली अस्पताललाई निःशुल्क उपचारका लागि सहयोग गरि दिन सिफारिश पत्र बनाई दिएको थियो ।

dirghayi clinic

वडा अध्यक्ष देवकोटाले सिफारिश पत्र च्यातिएपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टलाई जानकारी गराएर उपचार हुन नसकेको दुखेसो गरेका छन् ।

‘डा. भट्टले पनि सिफारिश भन्दा गरीब परिचय पत्र चाहिने कुरा गर्नु भयो, वडाको सिफारिश मान्य हुँदैन जस्तो कुरा गर्नु भयो’ उनले भने,‘गरीब परिचय पनि छैन, सिफारिश पनि मान्दैन भने गरीबले कसरी उपचार गर्न सक्छ त ?’

अस्पतालमा निःशुल्क उपचार हुन नसकेपछि स्थानीयले सहयोग संकलन थालेका छन् । ‘अस्पातलले गरेन, अहिले सहयोग मागेर उपचार गरि रहेका छौ’ अध्यक्ष देवकोटाले भने,‘यो बाहेक अरु किवल्प पनि केही छैन ।’

वडा कार्यालयको सिफारिश पत्र च्यातेर अपमान गरिएकोमा अध्यक्ष देवकोटाले दुःख व्यक्त गरेका छन् । ‘उपचार हुँदैन भने पनि हुने हो, सिफारिश पत्र नै च्यातिनु अत्यन्त दुःखद हो’ उनले भने ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले आफू बाहिर भएकाले यसबारे थाहा नभएको बताए । ‘ म बाहिर छु, के भाको रहेछ, म बुझ्छु’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...