ghar sansar

नेकपाको कञ्चनपुर सचिवमा विष्ट चयन

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति कञ्चनपुरको सचिवमा राजेन्द्र विष्ट (परिवर्तन) चयन भएका छन् । नेकपा कञ्चनपुरको पाँचौं जिल्ला सम्मेलनबाट विष्टलाई सचिव चयन गरिएको हो । सम्मेलनको विष्टको नेतृत्वमा २७ सदस्यीय समिति चयन गरिएको छ ।

सम्मेलन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी नेकपा केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघका क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले पार्टी जीवनको बिषयमा, पार्टीको कार्यदिशा, वर्तमान राष्ट्रिय अन्तर्राष्टिय परिस्थिति,नीति विधि लगायत विषयमा मन्तव्य राखेकी थिइन् ।

,orning glory badhai
dirghayi clinic

उनले कार्यकर्तालाई प्रशिक्षित गर्दै जनताको आशा र विश्वास सहितको हाम्रो पार्टी जनताको मुक्तिका अन्तिम सम्म संघर्स गर्ने र जनवादी व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्ने अन्तिम लक्ष्यमा पुग्ने बताइन् ।

सरकारले तीनबुँदे सहमतिलाई लत्याउँदै हाम्रा नेताहरु माथि पक्राउ पुर्जी जारी गरेको छ जो हामीलाई स्वीकार्य छैन र सरकारले गम्भीर भएर विद्रोही पक्षको माग सम्बोधन गर्नुपर्ने नेतृ चन्दको भनाई थियो । दलाल संसदीय व्यवस्थाको अन्त्य गरी जनताको वैज्ञानिक समाजवाद प्राप्तिका लागि सबैले एकीकृत जनक्रान्तिको कार्यदिशा आवद्ध हुनु सबैलाई उनले आग्रह पनि गरिन् ।

नव निर्वाचित २७ सदस्यीय जिल्ला समितिको प्यानल प्रस्तुत भने नेकपा केन्द्रिय सदस्य डबल शाहले गरेका थिए । नेकपा पूर्व जिल्ला सचिव प्रकाश मल्लको अध्यक्षतामा भएको सम्मेलन समारोहमा अथितिमा पार्टी केन्द्रिय सदस्य डबल शाह,क्रमश डडेलधुरा कैलाली जिल्ला सचिव विजय राना र विनोद विष्ट,विशेष समिति सदस्य पुरन राना, वीरेन्द्र विक, राम सिंह, जनसेवकबाट किरण, कमल विक,क्रान्ति,पूर्व जिल्ला सचिव विजु विक, श्रमिक समुदाय सु प संयोजक मधुसुदन लगायत अन्य पार्टीका नेता तथा कार्यकर्ता सहभागी भएका छन् ।

पार्टीका सचिव विष्टले वैज्ञानिक समाजवाद निर्माणका साथै श्रमजिवी बर्गको हितका काम गर्ने प्रण गरेका छन ।

Himal dental
सम्बन्धित
Loading...