ghar sansar

कारवाहीका लागि सिफारिश गरिएका माओवादी नेता कार्कीले खोले मुख, भने– कारवाहीको सिफारिशले अचम्ममा परेको छु

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र कञ्चनपुर पार्टी अनुशासन मिचेको आरोपमा कारवाहीका लागि सिफारिश गरिएका नेता डम्बर सिह कार्की डिकेले आफू अचम्ममा परेको बताएका छन् । कारवाही सिफारिश गरिएको तीन दिनपछि नेता कार्कीले फेसबुकबाट आफू अचम्ममा परेको बताएका हुन् ।

‘जीवनको दुई दशक लामो सहर्ष त्याग तपस्या सहित जीवन्त माओवादी पार्टी लाई बूझाएर जनताले पार्टी र म व्यक्तिलाई आश भरोसा मानेर पहिलो स्थानीय निर्वाचनमा वडा अध्यक्ष विजय गराई यहाँसम्म आइ पुग्दा केही माओवादी पार्टी को नाम बेचेर खाने आवश्यकता अनुसार पार्टीलाई मान्ने नभए आफ्नो जीवन व्यक्तिगत जिउने मान्छेहरूले आफू खूसी मलाई कार्वाही सिफारिश गरेको देख्दा मलाई अचम्म लाग्यो’ कार्कीले फेसबुकमा भनेका छन् ।

,orning glory badhai
dirghayi clinic

माओवादी केन्द्रका नगर इन्चार्ज, अध्यक्ष र सचिवले पार्टी विधि पद्धति नै नबुझ्ने नेता पार्टी हुँदासम्म आफूले न्याय नपाएको उल्लेख गर्दै उनले सर्वसाधारणको अवस्था बुझ्न नसक्ने उनले आक्रोश पोखेका छन् ।

‘यस्ता अराजक मनपरी गर्ने पार्टीलाई कम्पनी बनाउने मान्छे यो पार्टीमा रहेसम्म म मात्र होइन पार्टीलाई जीवन सम्झिने हरेक व्यक्तिले यो सहन सक्दैन’ उनले भनेका छन्, यसको उदाहरण अहिलदेखि सक्नु भयो त । त्यसैले म एक व्यक्ति सकिने होइन विचार पार्टी सकिने हो, यो कुरो समयमै नबुझे कञ्चनपर पार्टी दुई लाइन संघर्षमा चल्ने निश्चित छ, यो कुरो बाहिर घामझै छर्लङ्ग देखिएको छ ।’

माओवादी केन्द्रलाई जिन्दावाद भन्दै आफ्नो धारणा राखेका उनले पार्टीका नेता कार्यकर्ताले बुझेको उल्लेख गर्र्दै जनताले विकासप्रेमी नै भन्दै छन् त भनेर लेखेका छन् ।

कञ्चनपुर ३ मा सत्ता गठबन्धनको एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावललाई लक्षित गरी उनले फेसबुकमा प्रचार गरेपछि कार्कीको साधारण सदस्यता समेत नरहने गरी कारवाहीका लागि सिफारिश गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...