ghar sansar

माया हत्याकाण्डका आरोपी सशस्त्र प्रंहरीलाई पठाइयो बैतडी

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई पक्राउ गरी बैतडी पठाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको गाडीमा राखेर उनलाई भर्खरै बैतडी पठाइएको हो। जिल्ला प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीले अड्डासार गर्दै कोलीलाई बैतडी पु¥याइने जानकारी दिए।
‘कञ्चनपुरको पूर्वी सीमामा कैलालीको प्रहरी टोली पुगिसकेको छ,’ उनले भने, ‘कैलालीलाई हस्तान्तरण गरी हाम्रो टोली फिर्ता हुन्छ।’
त्यहाँबाट कैलाली प्रहरीले कोलीलाई डोटीको जिम्मा लगाउने छ। डोटीले डडेल्धुरालाई बुझाउने छ। डडेल्धुराले बैतडी प्रहरीलाई बुझाएर फर्किने छ ।
कञ्चनपुर प्रहरीले आज (आइतबार) बिहान महेन्द्रनगरको बसपार्कबाट कोलीलाई पक्राउ गरेको थियो। पोखरास्थित सशस्त्र प्रहरीमा कार्यरत कोली महेन्द्रनगरको बसपार्कमा हिडिरहेको अवस्थामा पक्राउ परेका थिए।
बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका कोलीमाथि गत १३ गते मायाको हत्या र उनकी भदै नेहालाई घाइते बनाएर फरार भएको आरोप छ। प्रहरीले उनको मोबाइलको लोकेसन ट्रेस गरिरहेको थियो। पछिल्लो पटक उनको लोकेसन डडेल्धुरा देखिएको थियो।
त्यसैका आधारमा फरार कोलीको खोजी भइरहेको थियो। उनले चक्कुले मायाको घाँटी रेटेर हत्या गरेको आरोप छ।
चक्कुले कोलीको दाहिने हातमा पनि चोट लागेको देखिएको छ। उनको दाहिने हातको औँलामा चोटको आलो खत छ।

dirghayi clinic

हत्या गरेपछिको पाँच दिनमा कोलीले के–के गरे? कहाँ बसे भन्नेबारेमा बैतडी प्रहरीले नै अनुसन्धान गर्ने प्रहरी निरीक्षक गिरीले बताए।

,orning glory badhai

‘उनी आजै महेन्द्रनगर पुगेको खुलेको छ, अन्य विवरणहरु बैतडी प्रहरीले नै सार्बजनिक गर्छ,’ गिरीले भने।

Himal dental
सम्बन्धित
Loading...