

डिल्लीराज पन्त
महेन्द्रनगर । भीमदत्त नगरपालिकामा अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यहि असोज २८ गते देखि भीमदत्त नगरपालिका १२ ऐरी स्थित पुर्णा उच्च माविको प्राङगणमा टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।
भीमदत्त नगरपालिका १२ वडाको आयोजना एव बैजनाथ युवा जनसेवा समितिको प्राविधिक सहयोगमा अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
भीमदत्त नगरपालिका १२ का वडा सदस्य नर बहादुर साउदले विगतका बर्षहरु झै यस बर्षपनि बडादशैं तथा दिपावलीको उपलक्ष्य पारि क्रिकेट प्रतियोगिता को पाचौं संस्करण आयोजना हुन लागेको बताएका छन ।
ी पुर्णा माध्यमिक विद्यालय बासखेडा ऐरीको खेलमैदानमा हुने खेलहरु लिगआउट प्रणाली वाट खेलाईने छन । मुख्य गरेर स्थानीय स्तरमा प्रतियोगिता राखेर क्रिकेटका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित यस पटक भीमदत्त नगरकै नगर प्रमुख मार्फत आग्रह गरेर क्रिकेट मैदान स्तरोन्नति तथा प्रेक्टिस यार्ड स्थापना गर्न खोजीएको छ ।

बैजनाथ युवा जनसेवा समितिका अध्यक्ष अशोक बुढापालले प्रतियोगिता थप स्तरिय बनाईने बताए । उनका अनुसार सहभागिताका लागि पालिकाका १९वटै वडाहरुमा पत्राचार गरिएको छ । टिम सहभागिताका लागि भीमदत्त नगरका सबै वडाहरुमा यस अघि नै पत्राचार गरिसकेको बताउदै सम्भवतह जिल्लाकै ठुलो धन राशिको प्रतियोगिता हुनलागेको बताएका छन ।
यस पटक प्रतियोगिता बिजेता टिमलाई १लाख, ५१ हजार १सय ११रुपैया, उपविजेता टिमलाई ७७ हजार, ७ सय ७७ रुपैया सहित ट्रफिमेडल,प्रमाण दिईनेछ भने उत्कृष्ठ खेलाडीलाई विभिन्न विधामा समेत पुरस्कार दिईनेछ ।
भीमदत्त नगरपालिका १२ का वडाध्यक्ष भुपेन्द्र सिंह रावलले अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिताका माध्याम बाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताउदे अध्यक्ष रावलले खेलाडी उत्पादन गर्दै क्रिकेटको बृद्धि विकास गरिने बताएका छन ।
प्रतियोगिता भीमदत्त नगरपालिका मेयर पदम बोगटीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने १९ वटै वडा वाट खेलाडिहरुको प्रतियोगितामा सहभागिता रहने अपेक्षा गरिएको छ ।
पूर्णा माध्यामिक विद्यालयका प्रद्यानाध्यापक धनीदत्त पन्तले क्रिकेट प्रतियोगिताले खेल क्षेत्रमा अवसर र आयाम थपिदिएको बताए ।
