ghar sansar

शुक्लाफाँटामा प्रथम वडा स्तरिय फुटबल प्रतियोगिता सुरु, मेयर महराले गरे उद्घाटन

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा शुक्रबारदेखि प्रथम वडा स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ९ को आयोजनामा सुरु भएको प्रतियोगिताको नगर प्रमुख रण बहादु महराले उद्घाटन गरेका छन् ।

कार्यक्रममा मेयर महराले खेलकुदमा नगरपालिका क्षेत्रका खेलाडीको जिल्लादेखि राष्ट्रिय स्तरमा उच्च प्रदर्शनले उत्साहित भएको बताए । खेलकुद क्षेत्रमा चुनौती आउन नदिन साधन स्रोतले भ्याएसम्म कार्य असघ बढाईने उनको भनाई छ ।

“खेलाडीको सुविधाका लागि कवर्ड हल निर्माणको कार्य अघि बढाएका छौं” उनले भने, “नगरपालिकाको दुई ठाउमा कवर्ड हल निर्माणका क्रममा रहेका छन, नगरपालिकाको उत्तर तर्फका वडालाई लक्षित गरी अर्को वर्ष देखि छुट्टै कवर्ड हल निर्माणका लागि प्रयास गर्छौं ।”

dirghayi clinic

नगरपालिकामा खेलकुद विकास समिति गठनका लागि प्रयासरत रहेको उनको भनाई थियो । नगर उपप्रमुख कल्पना जोशी (पन्त)ले खेलकुदको विकासका लागि नगरस्तरबाट र वडास्तरबाट कार्यक्रम सञ्चालन हँुदै आएको बताए ।

फुटवलका दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य राखि प्रतियोगिताको आयोजना गरिएको उल्लेख गर्नु हुदै आयोजक पक्षका तर्फबाट बोल्दै वडा नं ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले वडास्तरिय फुटबल प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु समेटेर नगरस्तरिय टिम गठन गरिने जानकारी दिए ।

प्रतियोगितमा १० वटा वडाका ११ वटा फुटवल टिमले सहभागी भएका छन् । अध्यक्ष ऐरका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५१ हजार नगद सहित ट्रफी,प्रमाणपत्र,द्धितीय हुने टिमलाई रु ३१ हजार नगद सहित ट्रफी,प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी, उत्कृष्ट खेलाडीलाई रु पाँच हजार नगद सहित ट्रफी,प्रमाणपत्र,सर्वाधिक गोलकर्तालाई नगद तीन हजार, ट्रफी,प्रमाणपत्र,उत्कृष्ट गोलरक्षकलाई दुई हजार नगद,ट्रफी,प्रमाणपत्र तथा अनुशासित टिमलाई रु दुई हजार नगद सहित ट्रफी,प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैबीच शुक्रवार सञ्चालन भएको खेलमा वडा नम्बर ६ को टिमसंग वडा नं. ९ को बी टिम ५–० गोल अन्तरले पराजित भएको छ । अर्को खेलमा वडा नं ३ र वडा नं १० को नतिजा बरावर रहेको छ ।

Himal dental
सम्बन्धित
Loading...