

महेन्द्रनगर । आन्तरिक राजश्व कार्यालय कञ्चनपुरले कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ शनिबारदेखि राष्ट्रिय कर दिवस कर सप्ताहका रुपमा मनाउन सुरु गरेको छ ।

महेन्द्रनगर बजार परिक्रमा गरी कर दिवसको पहिलो दिन प्रभातफेरि गरिएको छ । आन्तरिक राजस्व कार्यालयबाट सुरु भएको प्रभात फेरि कार्यक्रम बजार परिक्रमा गरी कार्यालय पिुगेर कोण सभामा पुगेर समापन गरिएको छ ।

मंसिर ७ गतेसम्म विभिन्न कार्यक्रम गरिने जानकारी कार्यालयले दिएको छ । कर सप्ताहको पहिलो दिन मंसिर १ गते कर उद्घाटन गरिएको छ, मंसिर ३ गतेदेखि करदाताहरूसँग छलफल अन्तरक्रिया गरिने कार्यक्रम बनाएको छ । त्यसका लागि करदाता, निर्माण व्यवसायी संघ कञ्चनपुर ,झलारी, पुनर्वास, बेलौरी, लगायतका ठाउँमा गई करदाताहरूसँग कर शिक्षा सम्बन्धि कार्यक्रम गरिने कार्यक्रम सभापति तथा प्रमुख कर अधिकृत डमरु प्रसाद पराजुलीले बताए ।
समापन कार्यक्रममा उत्कृष्ट करदाता र एकजना कर्मचारीलाई समेत सम्मान गरिने भएको छ ।

