ghar sansar

भीमदत्त ६ सहित सुदूरपश्चिमका यी ५ स्थानमा हुँदैछ आइतबार उप निर्वाचन

khasi

महेन्द्रनगर । सुदूरपश्चिममा उपचुनाव हुने ५ स्थानमा मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले तयारी पूरा भएको बताएका छन् । उनका अनुसार मतदान अधिकृत सामाग्री लिएर मतदानस्थलमा खटिएका छन्। सुदूरपश्चिमको बाजुरा, बझाङ, दार्चुला, डोटी र कञ्चनपुरको एक÷एक स्थानमा उपचुनाव हुन लागेको छ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्ष, दार्चुलाको दुहँ गाउँपालिका–५ को अध्यक्ष, डोटीको पूर्वीचौकी गाउँपालिका–६ को अध्यक्ष र भीमदत्त नगरपालिका–६ को अध्यक्ष छान्नका लागि मंसिर १६ गते हुने मतदानको तयारी पूरा भएको हो ।

सुदूरपश्चिमका ५ स्थानमा हुने उपचुनावको मतदानका लागि १० वटा मतदास्थल र २२ वटा मतदान केन्द्र राखिएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र स्वयमसेवकसहित प्रत्येक मतदानस्थलमा ६÷७ जना कर्मचारी परिचालन गरिएका छन् ।

dirghayi clinic

प्रदेश निर्वाचन कार्याललयका अनुसार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि हुने मतदानका लागि ५ स्थल तोकिएका छन् भने ९ मतदान केन्द्र छन् ।

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। स्वामीकार्तिक खापरमा ७ हजार ४ सय ६० मतदाता छन् ।

बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षको छान्न हुने उपचुनावका लागि एउटा मतदानस्थलमा दुई केन्द्र राखिएका छन्। यहाँ १ हजार ५ सय ५४ मतदाता छन् ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षको उपचुनावका लागि एउटा मतदानस्थलमा दुई केन्द्र राखिएको छ। यहाँ १ हजार २ सय ७२ मतदाता छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ ममा २ मतदानस्थल, ३ केन्द्र र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा एउटा मतदानस्थलमा ६ केन्द्र राखिएका छन्। पूर्वीचौकी–६ मा १ हजार ५ सय ९३ र भीमदत्त नगरपालिका–६ मा ५ हजार ४ सय ३४ मतदाता छन् ।

Himal dental
सम्बन्धित
Loading...