ghar sansar

कञ्चनपुर कृषि ज्ञान केन्द्रको कृषि यन्त्र अनुदान छनौटमा यस्तो, किसानको माग एकातिर, कार्यालयको छनौट अर्कैतिर

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ की ममता जोशीले पाण्डेयले कृषि ज्ञान केन्द्रमा अनुदानको धान थ्रेसरका लागि आवेदन दिएकी थिइन् । पाण्डेय धान थ्रेसरका लागि नभएर रोटाभेटरका लागि छनौट गरिएकी छन् ।

आफूले आवेदन नदिएको कृषि यन्त्रका लागि छनौट भएपछि पाण्डेय अचम्ममा परेकी छन् । उनका श्रीमान रमेश पाण्डेयले कृषि ज्ञान केन्द्रमा पुगेर छनोटप्रति असन्तुष्टि राखेका छन् ।

,orning glory badhai

‘हामीलाई धान थ्रेसर चाहिएको थियो, चाहिएको उपकरणमा फाराम भरेर आवेदन दिएका थियौ, अहिले छनौट हुँदा हाम्रो नाममा रोटाभेटर भएर आयो’ पाण्डेयले भने,‘खै किन यस्तो गरियो, हामीले नमागेको समानका लागि छनौट गरियो ।’

पाण्डेयले ज्ञान केन्द्रका प्रमुख कृृषि प्रसार निर्देशक हरि प्रसाद पनेरु र सूचना अधिकारी दुबैलाई भेटेर आफ्नो धारणा राखि सकेका छन् ।

कृषि ज्ञान केन्द्रले कृषि यान्त्रिकरण सहयोग कार्यक्रमका लागि सार्वजनिक सूचना अनुसार परेका आवेदनमध्येबाट जेठ २२ गते  १ सय १६ किसान, सहकारी र फर्मलाई छनौट गर्ने निर्णय गरी सार्वजनिक गरेको थियो ।

सुदूरपश्चिम सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रमका लागि ३ सय ९ प्रस्ताव सहितका आवेदन कार्यालयमा दर्ता गरिएका थिए ।

ती आवेदनमाथि छानबिन गरी कार्यालय प्रमुख पनेरु नेतृत्वको अनुदान वितरण समितिले छनौट गर्ने निर्णय गरेको थियो ।

समितिको निर्णय सार्वजनिक भएपछि कृषि यान्त्रिकरण अनुदानमा असन्तुष्टि लिएर किसान कार्यालय जान थालेका हुन् ।

कार्यालयले निर्णय गरेपछि ज्ञान केन्द्रको सामाजिक सञ्जालबाट सार्वजनिक नगरेकोमा पनि किसानले आशंका गरेका छन् ।

यस पटक कार्यालयले कृषि यान्त्रिकरणका लागि छनौट भएको किसानको नामावली कार्यालयको वेवसाइड अपलोड, सूचना पार्टीमा टाँस र सबै स्थानीय तहमा पठाएको थियो ।

यस अघिका निर्णय भने कार्यालयको फेसबुक पेजबाट पनि सार्वजनिक हुँदै आएका थिए ।

‘फेसबुकमा अहिलेसम्म निर्णय नराखिनु नै शंकाको विषय छ’ पाण्डेयले भने,‘त्यहाँ पहुँचका आधारमा यस्तो गरिन्छ होला जस्तो लाग्छ ।’

ज्ञान केन्द्रका प्रमुख कृषि प्रसार अधिकृत पनेरुले पहुँच र व्यक्ति नहेरी सुदूरपश्चिम सरकारको कृषि यान्त्रिकरण अनुदान परिचालन कार्यविधिका आधारमा छनौट गरिएको बताए । ‘यो हामीले व्यक्ति हेरेर छानेको होइन, कार्यबिधि हेरेर हो’ उनले भने, ‘ मापदण्ड अनुसार छनौट भएको हो ।’

पाण्डेयलाई माग नगरेको कृषि यन्त्रका लागि छनौट गरिएको विषयमा भने उनले कसैले लिन सक्ने भएकाले रोटाभेटरका लागि छानिएको हुन सक्ने बताए ।

‘ इच्छा नभए नलिन पनि सक्छ, कसैको चाहना हुन सक्छ,’ उनले भने,‘वहाँले लिन चाहन हुन्न भने नलिँदा हुन्छ ।’

कार्यालय प्रमुख पनेरुले छनौटमा गुनासो भए कार्यालयमा आएर आवेदन दिन सक्ने बताए ।

dirghayi clinic

‘त्यसका लागि सात दिनको सूचना नै लगाएका छौ, लिखित गुानासो आए रिभ्यू हुन्छ’ उनले भने ।

सुदूरपश्चिम सरकारले यस वर्ष कृषि यन्त्र अुनदानका लागि ५० लाख बजेट विनियोजन गरेको थियो । किसानले कृषि यन्त्रमा ५० प्रतिशतसम्म अनुदान पाउने गर्छन् ।

आर्थिक वर्ष सकिन लाग्दा कार्यालयले कृषि यन्त्र अनुदानका लागि किसान छनौट गरेको हो । किसान छनौटको सूचना फेसबुकमा नराखिएकोबारे कार्यालय प्रमुख पनेरुले आर्थिक वर्षको अन्तिममा भुक्तानीको चाप भएर कर्मचारीलाई समय नभएकाले राख्न नसकिएको बताए ।

‘समितिले निर्णय गरेपछि तत्काल त्यसलाई स्थानीय तहमा पठाएका छौ, वेव साइडमा राखेको छ, छनौट भएको दिन नै स्थानीय तहमा पठाएको हो’ उनले भने, ‘भुक्तानीको समय भएकाले कर्मचारीलाई समय नभएर फेसबुकमा नराखिएको हुन सक्छ, मैले त राख्न भनेको हुँ ।’

कार्यालय प्रमुख पनेरु नेतृत्वको अनुदान समितिको कार्यालयमा बसेको बैठकले जेठ २३ गते अनुदानका लागि छनौट गर्ने निर्णय गरेको थियो ।

छनौट समिति बैठकमा प्रदेश लेखा कार्यालय प्रमुख, जिल्ला समन्वय समिति कञ्चनपुरका शाखा अधिकृत, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सहभागी थिए ।

कार्यालयले सार्वजनिक सूचना अनुसार कषि यन्त्रका लागि सबैभन्दा बढी बेलौरी र कृष्णपुरका छनौट भएका छन् । बेलौरीका २३ र कृष्णपुरका २२ आवेदन अनुदानका लागि छनौट गरिएका छन् ।

दोधारा चाँदनी र बेलडाँडी गाउँपालिकाका सबैभन्दा कम २÷२ आवेदन छनौट गरिएका छन् ।

पुनर्वास नगरपालिकाका १७, भीमदत्तका १०, लालझाडी १६, बेदकोट १२ र शुक्लाफाँटाका १२ आवेदन छनौटमा परेका छन् ।

अनुदान छनौटका लागि निर्णय अघि निवेदन दिएका सबै किसान, सहकारी र फर्ममा पुगेर अवस्था अध्ययन गरिएको कार्यालय प्रमुख पनेरुले बताए ।

‘आवेदन आएपछि चार महिनासम्म सबै आवेदनकर्तासम्म पुगेका थियौ, अवस्था हेरेका छौ, छरछिमेकबाट बुझेका छौ’ उनले भने ।
कार्यालयबाट धान थ्रेसर, गहुँ थ्रेसर, रोटा भेटर, हैरम, कल्टिभेटर, रिपर लगायतका कृषि उपकरण अनुदन दिन लागिएका छन् । छनौट भएकामध्ये कृष्णपुर ९ का कैलाश बहादुर बलायर थ्रेसर र रोटाभेटर दुबैका लागि छानिएका छन् ।
भीमदत्त नगरपालिका ५ का मनिसा पाल गहु थ्रेसर भिनपा ५ मनिसा पाल र कृष्ण खाद्य उद्योग गहु थ्रेसरका लागि छनौट सूचीमा परेका छन् । पुनर्वास नगरपालिका ५ का इन्द्र पुजारा, लालझाडी गाउँपालिकाको कृष्ण खाद्य उद्योग, पुनर्वास ९ का दन्तु जैसी र बेलौरी नगरपालिकाको प्रगतिशिल बहुद्देश्यीय सहकारी धान थे्रेसरका लागि छनौट गरिएका छन् ।

छनौट भएका किसानले सप्लायर्शबाट कृषि यन्त्र किनेको खरिद बिल सहित कार्यालयमा निवेदन दिएपछि अनुदानको रकम पाउने गर्छन् । कार्यालयमा सूचीकृत सप्लायर्शबाट मात्रै किसानले अनुदानका कृषि यन्त्र किन्न पाउने छन् ।

कार्यालयमा रबिन्द्र अग्रो ट्रेडर्स, एन बी कृशि औजार, एच आर पी इन्टर प्राइजेज ठाकुर ट्रेड लिङ्क र आर सिटी इन्जिनियरिङ्ग सूचीकृत गरिएका छन् ।

कार्यालय प्रमुख भन्छन् –पहुँचका आधारमा दिइएको भए कुर्चि छाडि दिन्छु 

कृषि ज्ञान केन्द्रका प्रमुख कृषि प्रसार अधिकृत हरि प्रसाद पनेरुले कृषि यान्त्रिकरण अनुदान कार्य विधि अनुसार आवेदक छनौट गरिएको जानकारी दिँदै पहुँचका आधारमा गरिएको भए आफूले कुर्चिा छाडि दिने बताए ।

‘व्यक्तिको मुख हेरेर र पहुँचका आधारमा छनौट गरिएको होइन, त्यस्तो गरिएको भए म कुर्चि छाडि दिन्छु’ उनले भने ।

बिहीबार कार्यालय प्रमुख पनेरुको कार्यकक्षमा कृषि यन्त्र उपकरण छनौट असन्तुष्टिबारे जिज्ञासा राख्दा उनले सुदूरपश्चिम सरकारको अनुदान कार्यविधि मापदण्ड अनुसार छनौट गरिएको बताएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...