ghar sansar

विज्ञान र प्रविधि : सम्मृद्धिको अमूल्य निधि

khasi

– डा. मोतीलाल शर्मा 

जिवनको दुःख, पीडा र जटिलताबाट सुखी, सन्तुष्ट र सरल बनाउने सन्दर्भमा मानव जातिले विज्ञानको विभिन्न विधाका आष्किार गर्दै अगाडि बढेको हो । मानव सभ्यतको सुरूवातसँगै जिवनलाई सहजबनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको छ । विज्ञानको चेतसँगै दैनिक जिवनलाई सजिलो बनाउन प्रविधिको विकास हुँदै जान्छ र आवश्यकता अनुसार प्रविधिमा स्थान विशेष, हावापानी, स्रोत साधनको उपलब्धतासँगै नवप्रवर्तनको खाँजो पर्दै जान्छ । नवप्रवर्तन अर्थात् इनोभेशनमार्फत् उपलब्ध प्रविधिलाई सर्वसुलभ बनाउन सकिन्छ र विकास निर्माणलाई आमजनताको श्रीवृद्धिमा प्रयोग हुनजाँदा राष्ट्र सम्मृद्धिको यात्रामा अघि बढेको हुन्छ । विज्ञान प्रविधिमा देश तथा समाजको आवश्यकता अनुसार नवप्रवर्तनले सदैव नयाँनयाँ कुराको माग गरिरहेको हुन्छ किनभने देश, समाज र व्यक्तिका आवश्यकताहरू पनि फरक फरक तरिकाका हुन्छन् । संसारका विभिन्न देशले विज्ञान र प्रविधिको प्रयोगमा चामत्कारिक उपलब्धिहासिल गरेका छन् र विकासमा उल्लेख्य प्रगति गरेका छन् ।

नेपालमा विज्ञान शिक्षा तत्कालिन त्रिभुवनचन्द्र क्याम्पसमा १९७६ सालबाट आइएस्सी पढाइबाट थालिएको थियो र विएस्सीको पढाइ वि.सं. २००४ सालबाट सुरूभएको हो । वि.सं. २०२२ साल मंसिरबाट त्रिभुवन विश्वविद्यालयको स्थापनापश्चात् स्नातकोत्तर तहमा विज्ञान विषयको पढाइ सुरूभएको थियो । पहिले स्नातकोत्तर तहका विज्ञान कक्षाहरू त्रिचन्द्र कलेजमा संचालन हुन्थे भने पछिबाट कीर्तिपुरमा हुन लागेको हो । हाल विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ–नयाँ विकाससँगसँगै प्राज्ञिक क्षेत्रमा विज्ञान, प्रविधि र नवप्रर्वतनको विषयमा खुलेर छलफल शुरूभएको छ । यसलाई सुखद संकेतको रूपमा लिन सकिन्छ ।

नेपालमा विज्ञान र प्रविधिको अध्ययन अध्यापन गराई जग बसाल्नेमा महत्वपूर्ण योगदान पु¥याएको पहिलेको “पब्लिक साइन्स कलेज” जसको स्थापना २०१३ साल असोज १ गते भएको थियो र आज त्यस कलेजलाई त्रिभुवन विश्वविद्यालयको एक आङ्गिक क्याम्पसको रूपमा अमृत साइन्स क्याम्पस भनेर जानिन्छ । नेपाल सरकारले २०७० सालबाट हरेकवर्ष असोज १गते राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइरहेको छ । विज्ञान र प्रविधिको उचित प्रयोगले नै कुनै पनि राष्ट्रको उन्नतिहुन सक्दछ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महत्वलाई बुझाउनदिवसको रूपमामनाउनथालिएको हो ।

हाम्रो समाज र सभ्यतामा अनेकौं प्रकारका प्रविधिहरू प्रयोग गरिएका छन् । हाम्रा अति नै मौलिक प्रविधिहरूलाई संरक्षण गर्दै समयानुसार स्तरोन्नति गर्दै लैजानु आवश्यक हुन्छ । विज्ञान र प्रविधिलाई कसरी प्रयोग गरिएको रहेछ र पुर्खाहरूले कसरी अगाडि बढाएका रहेछन् भन्ने कुराको खोजिनीति हुनु अहिलेको आवश्यकता हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको बेला थुप्रै सिल्पिहरूको ज्ञान र प्रविधिलाई अपनाएको, संभ्रान्त राणा परिवारमा जन्मिए पनि विज्ञान र यसको प्रयोग, प्रविधि र नवप्रवर्तनमा विज्ञानकर्मी गेहेन्द्र शमसेर राणा, मुसे थापा लगायत विज्ञान प्रविधिको पक्षमा अनुसन्धान गर्ने, परम्परागत प्रविधिबारे चाख राख्ने र संरक्षण गर्ने सबैले यो वा त्यो रूपमा योगदान पु¥याएका छन् । विज्ञानले ल्याएको विकास भन्नासाथ ठूला हवाइजहाज, शक्तिशाली बम र ठूला कलकारखाना मात्र हुन् भनेर सोच्ने चिन्तन आफैंमा अधुरो छ । यी वस्तुहरू पनि मानवीय सुख, सुविधा र आवश्यकताले आदिमकालदेखि आविष्कार गरिंदै आएका विज्ञान, प्रविधि र नवप्रवर्तनका परम्परा माथि पछिल्ला उदाहरणहरू मात्रै हुन् भन्ने बुझ्दा हुन्छ । विज्ञान दिवसको अवसरमा देशको समग्र विकासमा विज्ञान–प्रविधिको महत्वलाई नीति निर्माणको तहमा पु¥याउन विशेष पहल गर्नु पर्ने र नयाँ तथा युवा प्रतिभाहरूलाई आकर्षित गर्ने खालका विशेष कार्यक्रम ल्याउन पहल गर्ने दिनका रूपमा पनि बुझ्न कति पनि ढिला गर्नु हुँदैन । यो विज्ञान दिवसलाई चेतनाको दियो बाल्ने दिनको रूपमा सम्झिनु आवश्यक हुन्छ ।
विज्ञान र प्रविधिले सामान्य जनमानसको कार्य सम्पादनमा सहजता ल्याउन सक्नुपर्दछ । आमजनमानसमा रहेको परम्परागत ज्ञान, सीपलाई परिस्कृत गर्ने खालको हुनुपर्दछ जसबाट स्थानीय स्तरमा उपलब्ध संसाधनको उचित उपयोगबाट दैनिक जीवनमा सकारात्मक रूपान्तरण ल्याउन सकियोस् । देशको विभिन्न भागमा उपलब्ध प्राकृतिक सम्पदा, स्थानीय ज्ञान र सीपबाट सञ्चालन हुन सक्ने स–साना उद्योगहरूको विकासमा राज्यले टेवा दिने नीति तथा कार्यक्रम यदाकदा ल्याएको भए पनि व्यवहारमा लागू हुन सकेको छैन । खासमा भन्ने हो भने सरकारले संरक्षक तथा अभिभावकको भूमिका खेल्न आवश्यक छ । देशको भौगोलिक विशिष्टतालाई बुझेर, त्यहाँको श्रोतसाधनमा आधारित उद्योग, कल कारखाना खोलेर रोजगारीको बृद्धि गर्दै आत्मनिरर्भर देश बनाउने हिसावले नीतिहरू अवलम्बन गर्नु पर्दछ, अनि मात्र युवा पलायनलाई रोक्न सकिएला । विज्ञान प्रविधि दैनिकीसित जोडिदै राष्ट्र निर्माणमा भूमिका खेल्नेतहमा पुग्नु पर्दछ ।

देशको कुनै पनि खास भूगोलको आफ्नै विशिष्ट महत्व हुने गर्दछ, विकास भनेको खासमा एकीकृत पहल हो । तराई भू–भागको आफ्नै खास महत्व छ भने पहाड्री तथा हिमाली भू–भागको पनि त्यसरी नै विशेष भूमिका र महत्व रहेको छ । भू–भागको विविधता अनुसार उत्पादन गरिने वस्तुहरू फरक हुनु स्वभाविक हो । जुन कुरा हिमाली तथा उच्च पहाडि भू भागमा उत्पादन हुन सक्दछ वा हुन्छ, त्यहि कुरा मध्य पहाडी क्षेत्रमा नुहुन पनि सक्दछ । आधुनिक विज्ञान प्रविधिको प्रयोगसंगै हाम्रा पारम्परिक ज्ञान प्रविधिलाई पनि परिमार्जन गर्दै अगाडि बढ्ने हो भने उत्पादनमा बृद्धि भै सम्बृद्ध नेपाल बन्न सक्नेछ । एक–अर्को ठाउँको उपयोगिता जनतामाझ खास नीति बनाएर पु¥याउन नसक्नु नै हामी विकासमा पछाडि पर्नुको खास कारण हो जस्तो लाग्दछ । कृषिमा आधारित लघु उद्योगहरू सञ्चालनमा ल्याउन सकिन्छ, जस्तो कि फलपूmलमा आधािरत उद्योगहरू, पशुपालन तथा दुग्धव्यवशाय तथा वनपैदावारमा आधािरत उद्योगहरू जडीबुटी उत्पादन, मह–उत्पादन, चिया, अलैँची, अदुवा र मसला उद्योग इत्यादि कृषि तथा वनमा सामन्जस्य स्थापना गरेर अगाडि बढाउन सकिन्छ ।

dirghayi clinic

आफू जन्मिएको, हुर्किएको देश र त्यहाँको गाउँ समाजलाई विश्वको जुनसुकै कुनामा रहेको व्यक्तिले पनि कहिल्यै विर्सन सक्दैन, यो मानवीय गुण हो । जीवनमा केही प्राप्त गरिसकेपछि आफ्नो देश र जनतामा लाभ पु¥याउने हेतुले जस कसैले विभिन्न प्रकारले सहयोग गर्न चाहन्छ र सक्दछ । आफ्नो जीवन सार्थक वनाउन सबैले चाहन्छन् यसको लागि सकेको योगदान गर्न सबैले खोजेका हुन्छन् । विदेशमा पढे लेखेर, अनुसन्धान गरेर नाम र दाम कमाएका व्यक्तित्वहरू नेपालमा फर्किएर काम गरिरहेका र गर्न खोजिरहेका उदाहरणहरू पनि प्रशस्त छन् । तर सरकारबाट उचित वातावरण र प्रोत्साहन दिन नसक्दा राष्ट्र चुक्दै गएको अनुभूति हुन्छ ।

एउटा अति नै मार्मिक सत्य र तथ्य के हो भने धेरै अनुसन्धानमा नाम कमाएका विज्ञान कर्मीहरू आफ्नो देशमा नै केहि काम गर्ने इच्छाका साथ फर्किएका छन्, तर राज्यले यसको बारेमा पटक्कै सोंचेको पाइँदैन । वैज्ञानिक अनुसन्धान गरेर राष्ट्रको सम्बृद्धि सपनामा योगदान पु¥याउन भनेर खोलिएका सँस्थाहरू, विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू, प्रयोगशालाहरू रूग्ण बन्दै गइराखेका छन् । तर, तिनै सँस्थाहरू, विश्वविद्यालयहरूलाई चाहिएका सिद्धहस्तहरूलाई कुनै स्थान उपलब्ध गराउन सरकार र सन्यन्त्रको कुनै योजना छैन । विज्ञान र प्रविधिको क्षेत्रमा देशभित्रका विभिन्न प्राज्ञिक संघसंस्था, सरकारी निकाय, गैरसरकारी संघसंस्थामा कार्यरत देशबाहिर रहेका जनशक्तिलाई एकआपसमा सहकार्य गर्ने वातावरण मिलाई दिन पनि अति नै जरूरी छ । यो काम नीतिगत रूपमा सरकारी स्तरबाट मात्रै सम्भव हुन सक्दछ । अनि मात्र विज्ञान र प्रविधिबाट हासिल गर्न सकिने उपलब्धिलाई जनसमक्ष पु¥याउन सकिन्छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) विज्ञान तथा प्रविधिको विकासको लागि स्थापना गरिएको मुख्य निकाय हो । त्यसैगरी नीति अनुसन्धान प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, रिकास्ट, नेपाल सरकारको वनस्पति विभाग अन्तर्गतको अनुसन्धान प्रयोगशाला तथा विभिन्न निकायहरूको प्रयोगशालाहरू छन् । नास्टलाई सवल संस्थाको रूपमा विकास गर्न पहल लिनु पर्दछ । नास्ट तथा विश्वविद्यालयहरूले विदेशमा रहेका वैज्ञानिक, अनुसन्धानविदहरूलाई देशभित्र बोलाउन विशेष कार्यक्रम ल्याउनु पर्दछ । खासमा नेपालको हावापानी सुहाउँदो, स्थानीय आवश्यकता बमोजिमको अन्ुसन्धान र प्रविधि विकास मुख्य कुरा हो । यी राज्य पोषित निकायहरूले जनताले अपनत्व ग्र्रहण गर्ने कार्य गर्न सकेका छन कि छैनन् भनेर विचार गर्न आवश्यक छ ।

खासगरी नेपालको पछिल्लो समयदेखि सूचना प्रविधि क्षेत्रमा आशालाग्दो रूपमा विकास भएको मान्न सकिन्छ । सरकारी सेवा प्रवाहमा डिजिटल प्रणाली सुरू हुँदैछ । यसको लाग डिजिटल साक्षरता बढाउन पहल गरिनु पर्दछ । तर नेपालमा जति फाइदा लिनु पर्ने हो त्यो हुन सकेको छैन किनकी हाल प्रविधिलाई अधिकांश रूपमा मनोरञ्जनको माध्यमको रूपमा मात्र प्रयोग गरिरहेका छौं । यसरी प्रविधिलाई कृषि, स्वास्थ्य जस्ता विभिन्न क्षेत्रमा अत्यधिक प्रयोग गरी ग्रामीण क्षेत्रमा त्यसबाट सेवा पु¥याउन सकियो भने मात्र केही उपलब्धि हासिल गर्न सकिएला । यसैगरी स्वास्थ्यको क्षेत्रमा पनि सूचना प्रविधिलाई प्रयोग गर्न संभव छ । खासमा भन्ने हो भने कोरोना कालमा देशमा विद्यालय, महाविद्यालयदेखि विश्वविद्यालयसम्मका कक्षाहरू सूचना प्रविधिको प्रयोग गरेर संम्भव भएका छन् । अप्ठयारो समयमा शिक्षाको गतिलाई अवरूद्ध हुनबाट बचाउन धेरै हदसम्म सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ । यस हिसावले सूचना प्रविधिको विकास र पहुँच सन्तोषजनक ढङ्गले अगाडि बढिरहेको भन्न सकिन्छ ।

कुनै पनि देशको विकास हुन त्यहाँका जनता आफैं जाग्नु पर्ने हुन्छ । जनता आफैँ जागे भने देशको विकास हुन कठिनाइ हुँदैन । यति मात्र कि सरकारको सही योजना निर्माण अति आवश्यक हुन्छ । नेपालमा हाल यहाँबाट अधिकतम युवा विदेशिरहेका छन् । त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनु पर्दछ र अधिकतम मानव संसाधनको प्रयोग गर्नुपर्दछ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिनलाई र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरूरी छ ।

राजनीतिक स्थिरता र इमान्दार राज्यव्यवस्थाले मात्रै हुने हो भने नेपालको भौगोलिक विविधता, परिश्रमी जनता, विभिन्न जनसमुदायमा भएको सीप, समाज र उमेर समूह बरदान हुन सक्ने देखिन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउन सक्ने प्राज्ञिक सँस्थाहरू, अनुसन्धान केन्द्रहरू, गैर सरकारी संघसंस्था सहित देश बाहिर रहेका जनशक्तिलाई पनि उत्प्रेरित गरी आर्जित ज्ञान, सीप र अनुभवलाई देश हितमा लगाउन सरकारले विशेष ध्यान पु¥याउनु पर्दछ । तर, योग्यताको आधारमाभन्दा भनसुन र बन्द हडतालको माध्यमबाट बल प्रयोग गरेर घुसपैठ गर्ने र यस्तै प्रबृतिलाई सरकार र राजनीतिकर्मीहरूले प्रशय दिने कामलाई बन्द गरिनु पर्दछ ।

अन्तमा, विज्ञान र प्रविधिको क्षेत्रमा योगदान पु¥याउने, संरचना निर्माण गर्ने र विज्ञानको जग राख्न महत्वपूर्ण भूमिका खेल्नु हुने व्यतिmत्वहरूलाई सम्झने र सम्मान गर्ने दिनको रूपमा पनि विज्ञान दिवसलाई लिनु पर्दछ र केहि गर्ने उत्साहका साथ अघि बढ्न खोजेका प्रतिभाहरूलाई प्रोत्साहित गर्ने दिनको रूपमा लिनु पर्दछ । यस कार्यको लागि विषय विज्ञहरूका विचार लिई उनीहरूका साथमा बसेर देश विकाशको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सक्नेछौं । हामी नेपालीहरूले विगत लामो समदेखि राजनीतिक अस्थिरता व्यहोरिराखेका छौं । विकास र सम्मृद्धि आफ्नै जिवनालमा देख्न र भोग्नका लागि विज्ञान र प्रविधिलाई प्राथमिकतामा राख्न जरूरी छ । १४औं विज्ञान दिवसको सबैमा शुभ–कामना !

साभार : रेडियो भिजन

Himal dental
सम्बन्धित
Loading...