

महेन्द्रनगर । कबर्ड हलमा जारी १० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटमा बुधबार कबड्डीका खेलाडी छनौट भएका छन् । कबड्डी खेलका महिला खेलाडी छनौट भएका छन् ।

तीन वैकल्पिक सहित १५ खेलाडी छनौट गरिएको जानकारी दिइएको छ । उनीहरूमा सृजना धानुक, निर्मला नाथ, संगिता धामी, बिपना नाथ, मनिसा पुजारा, मनिसा पन्त, निशा भुल, सबिना सिंह, आरजु कुवर, दिपा देउवा, सृजना भुल र करुणा महरा छानिएका छन् ।
यसैगरी गायत्री कुवर, शारदा भट्ट र दिपा सिंह बैकल्पिक खेलाडी छनौट भएका छन् ।
कंचनपुर जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष राम खडकाको नेतृत्वमा छनौट समिति बनाइएको छ ।
