ghar sansar

सिनेट अघि नै एजेण्डा सार्वजनिक भएकोमा बेदकोटका मेयरले देखाए चासो, भन्छन्– कसैले जवाफ दिन मिल्छ ? को हो जिम्मेवार ?

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सिनेटमा प्रस्तुत हुने एजेण्डा बैठक अघि नै सार्वजनिक भएकोमा चासो व्यक्त गरेका छन् ।

मेयर बोहराले एजेण्डा कसरी सार्वजनिक भएको भन्दै फेसबुकबाट जवाफ समेत मागेका छन् । उनले भनेका छन्,‘किन र कसरी भए एजेण्डा सार्वजनिक ? कसैले जवाफ दिन मिल्छ कि ? जिम्मेवार को ? ’

,orning glory badhai
dirghayi clinic

विश्वविद्यालयको सिनेटमा प्रस्तुत हुने एजेण्डा भनेर फेसबुकका भित्ता रङगाइएको उनले उल्लेख गरेका छन् । विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह अघि बस्ने सिनेट बैठकमा उपकूलपति प्रा.डा. अम्मराज जोशीले सामुदायिक कलेजका शिक्षक कर्मचारीलाई सेवा आयोगको प्रक्रिया विना स्वतः स्थायी गर्ने गरी विनियम संशोधनको प्रस्ताव लैजान लागेको भन्दै चौतर्फी विरोध गरिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले भने आफूलाई यसबारे केही पनि थाहा नभएको बताए ।

‘विना प्रक्रिया स्वतः स्थायी भन्ने हुँदैन, समायोजन भएका क्याम्पसका हकमा शिक्षक कर्मचारी जुन पदबाट समायोजन भएका छन्, त्यसमै गर्ने भन्ने हो’ उनले भने,‘यो स्वतः स्थायीको प्रस्ताव उपकूलपतिज्यूले बनाएको छ भन्ने मलाई थाह छैन ।’

Himal dental
सम्बन्धित
Loading...