ghar sansar

साँसद भट्टले संसदमा गरे डोटेलीमा भाषण, गेटा मेडिकल कलेज सञ्चालनका लागि गरे माग

महेन्द्रनगर । प्रतिनिधि सभाको बैठकमा सांसद दीपक प्रकाश भट्टले सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम प्रदेशबाट पटक पटक प्रधानमन्त्री भएकामा शेर बहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताए ।

ratnam malkhad

सांसदद्वय देवप्रसाद तिमिल्सिना र धर्मशीला चापागाईँले नागरिकताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । त्यस्तै सांसद देव प्रसाद गुरुङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरे । सांसद नवीना लामाले पनि इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न अनुरोध गरिन् ।

शून्य समयमा सांसदहरू डिला सङ्ग्रौला, थममाया थापा दलबहादुर राना, दामोदर भण्डारी, नरबहादुर धाँमी, नवराज सिलवाल, नारदमुनी राना, निरुदेवी पाल, पूर्णाकुमारी सुवेदीले देश र जनताका पक्षमा सरकारले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।

Himal dental
सम्बन्धित
Loading...