ghar sansar

कञ्चनपुरमा काँग्रेस वीपिको जिल्ला समिति गठन, सिहलाई बनाइयो संयोजक

khasi

महेन्द्रनगर । नोपली काँग्रेस विपी) कञ्चनपुरको संयोजकमा प्रकाश बहादुर सिह चयन भएका छन् । काँग्रेस वीपिका केन्द्रीय वरिष्ठ उप सभापति कर्ण बहादुर मल्लको प्रमुख आतिथ्यमा गरिएको भेलाबाट सिहको नेतृत्वमा जिल्ला समिति गठन गरिएको छ ।

dirghayi clinic

समितिमा ९ सदस्य चयन गरिएका छन् । उनीहरुमा कर्ण बहादुर देउवा, नारायण प्रसाद बोहरा, धर्मराज जोशी, हसिना मगर, मीन बहादुर साउँद, आनन्दी राना र हरिशंकर राना छन् । जिल्ला समितिले भदौ १६ गते बैठक बसेर जिल्ला समितिलाई पूर्णता दिने निर्णय गरिएको छ । त्यस अघि सबै पार्टी सम्बद्ध सबै समिति गठन गरिने भएका छन् ।

Anant bahu travels

स्थानीय तह निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मल्लले नेकपा एमालेसंग चुनावी तालमेल गरेपछि काँग्रेसले मल्ललाई पार्टीबाट कारवाही गरेको थियो । त्यसपछि मल्लले सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत छाडेका थिए ।

एमालेसंग तालमेल गरी मल्लले प्रधानमन्त्री शेर बहादुर देउवाको वडामा देउवालाई चुनाव हराएका थिए । डडेल्धुरा काँग्रेसका पूर्व सभापति मल्ल २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...