ghar sansar

भीमदत्तमा यस्तो मनोमानी : प्रक्रिया विनै काँग्रेस नेतृको पसलबाट किनियो पोशाकका कपडा, लेखा समितिका संयोजकलाई दिइयो सिलाउने जिम्मा

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले उप मेयर निलम लेखक जोशी सहित ३९ जना जनप्रतिनिधिका लागि पोशाक खरिद गरेको छ ।

मेयर पदम बोगटीको निर्देशनमा महेन्द्रनगरस्थित महालक्ष्मी इम्पोरियम र सिटी टेलरिङ्ग एण्ड सटिङ्ग सुटिङ्गबाट पोशाकका कपडा किनेर सिलाउन दिइएको छ । सिटी टेलरिङ्गमा अहिले पोशाक सिलाई भई रहेको छ ।

,orning glory badhai

महालक्ष्मी इम्पोरियमबाट पेटीकोट, ब्लाउज र सारी किनिएका छन् । सिटी टेलरिङ्गबाट कोटको कपडा किनिएको हो । अहिले सिटी टेलरिङ्गमा कोट सहित ब्लाउज र पेटीकोट सिलाउने कार्य गरिएको छ ।

मेयर बोगटीको निर्देशनमा उप मेयर लेखकको अर्डरमा पोशाकका लागि कपडा खरिद गरिएको जनप्रतिनिधिले बताए । उनीहरुका अनुसार जनप्रतिनिधिका पोशाकका लागि नगर सभा र कार्यपालिकामा छलफल समेत गरिएको छैन । स्थानीय तह निर्वाचनपछि भीमदत्तमा कार्यपालिकाका चार बैठक बसेका छन् । नगर प्रवक्ता खड्काले पनि पोशाक सम्बन्धी नगर सभाबाट निर्णय गरिएको छैन ।

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली समेत पोशाक खरिद सम्बन्धी जानकारी नभएको बताउँछन् । नगरपालिकाको कार्यक्रममा नभएकाले उनी पोशाक खरिदको भुक्तानी नदिने पक्षमा देखिएका छन् ।

‘कार्यक्रममै नभएको कुराको कार्यालयले भुक्तानी गर्दैन, कपडा खरिदबारे मलाई कुनै जानकारी छैन’ उनले भने,‘जनप्रतिनिधिले नै तिर्नु पर्छ ।’

dirghayi clinic

सिटी टेलरिङ्गका सञ्चालक हरिहर परियारले उप मेयर जोशीको अर्डर अनुसार कोट, पेटीकोट र ब्लाउज सिलाउने कार्य भई रहेको बताए ।

‘ब्लाउज र पेटीकोटको कपडा सिल्न दिइएको छ, कोटको कपडा यहींको हो’ उनले भने,‘उप मेयरसापको अर्डर हो, भुक्तानी पछि नगरपालिकाबाट दिन्छौ भन्नु भएको छ, उधारोमा काम भइ रहेको छ ।’

सिटी टेलरिङ्गका सञ्चालक परियार भीमदत्त नगरपालिकाको कार्यपालिका सदस्य हुन् । उनी आफैं भीमदत्तमा लेखा समितिको संयोजक छन् ।

कपडा खरिद गरिएको महालक्ष्मी इम्पोरियम काँग्रेस सम्बद्ध नेपाल महिला संघका नेतृ मधु भारतीको हो । उनले पसलको कारोबार श्रीमान टेकराज भारतीले हेर्ने भएकाले आफूलाई कतिको कपडा किनिएको हो भन्ने थाहा नभएको बताइन् ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले मेयर बागेटीको निर्देशनमा मेयर बागेटीको निर्देशनमा कपडा किनेर सिलाई गरिएको जानकारी दिए ।

‘पहिलो नगर सभामा केही जनप्रतिनिधि टिसर्टमा आएका थिए, त्यो बेला अमर्यादित पोशाकमा आए भन्ने सुनियो, त्यसमा दलित समुदायका जनप्रतिनिधि छन्’ उनले भने,‘वहाँहरुका लागि कपडा खरिद गरिएको छ ।’

(साभार : सीमा रेखा)

Himal dental
सम्बन्धित
Loading...