ghar sansar

भीमदत्तको पोशाक खरिदको चौतर्फी आलोचना, उम्किन खोज्दै मेयर उप मेयर

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको महिला जनप्रतिनिधिका लागि पोशाक खरिद कार्य चौतर्फी आलोचनामा परेको छ । नगरपालिकाले खरिदका प्रक्रिया सुरु नगरी पोशाक खरिद गरेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

काँग्रेसका निवर्तमान जनप्रतिनिधि, स्थानीय शासनका विज्ञ, प्रतिपक्षी दलका नेता कार्यकर्ता पोशाक खरिदको विरोध गरेका छन् ।

lotus institite

चौतर्फी आलोचना भएपछि भीमदत्तका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी, प्रवक्ता महेन्द्र खड्का र प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली पोशाक खरिद खरिद कार्यमा जोगिने उपायको खोजीमा लागेका छन् । मेयर बोगटी र उप मेयर जोशीले पोशाक खरिदको रकम व्यक्तिगत रुपमा भुक्तानी गर्ने बताई सकेका छन् ।

नगर प्रवक्ता खड्का र प्रमुख प्रशासकीय अधिकृत गौली कार्यालयबाट खरिद गर्ने निर्णय नभएको प्रष्टीकरण दिई रहेका छन् ।

भीमदत्त नगरपालिका १३ का काँग्रेस नेता निवर्तमान जडा अध्यक्ष लाल बहादुर शाहीले जनप्रतिनिधिले जनप्रतिनिधिलाई लत्ता कपडा किन्न नभएर विकास निर्माणका लागि पठाएको फेसबुकमा उल्लेख गरेका छन् । उनले भीमदत्तमा भोका नाङ्गा वासिन्दा अझै भएकाले पोशाक खरिदको औचित्य नभएको धारणा राखेका छन् ।

‘भीमदत्तका वासिन्दा अझै पनि नाङ्गा भोका छन्, समस्यामा छन्, हजुरहरुलाई कपडा किन्न पठाएको होइन’ उनले भनेका छन्,‘जन भावना अनुसार काम गर्नु होस, यसमा नै तपाईहरुको भलो छ ।’

निवर्तमान वडा अध्यक्ष शाहीले कपडा खदिर, सिलाउने कार्य काँग्रेस सम्बद्ध नेताको पसलमा गरिएकोमा पनि असन्तुष्टि पोखेका छन् । उनले विगतमा विरोध आफूले मनलाग्दी गर्न नपाएर विरोध गरेको भनेर पनि प्रश्न गरेका छन् ।

फेसबुकमा ध्रुबराज भट्टले आफ्ना लागि लत्ता कपडा किन्न नसक्ने जनप्रतिनिधिले राजनीति गर्न नहुने धारणा राखेका छन् । कपडा किन्न नसक्ने जनप्रतिनिधिबाट विकासको आश गर्न नहुने उनको भनाई छ । ‘आफ्नो पोशाक किन्न नसक्नेले पनि राजनीति गर्ने यिनै हुन्, विकासवादी नेता’ भट्टले कटाक्ष गरेका छन् ।

नेकपा एमालेका नेता जनकराज अवस्थीले भीमदत्तमा ब्लाउज र पेटीकोट किन्न नसक्ने जनप्रतिनिधि चुनिएको भन्दै व्यङ्ग्य गरेका छन् । ‘थुक्क भीमदत्तमा कस्ता जनप्रतिनिधि चुनेछौ, ब्लाउज र पेटीकोल पनि नगरपालिकाले किनि दिनु पर्ने’ फेसबुकमा भनेका छन् ।

विद्यार्थी नेता रोहित गजुरेलले ब्लाउज र पेटीकोट खरिदको रहस्य के हो भनेर फेसबुकमा जिज्ञासा राखेका छन् । भीमदत्त नगरपालिकाको नगर सभामा सहभागी महिला जनप्रतिनिधि असमान पोशाकमा आएपछि मेयर बोगटीले पोशाक खरिदका लागि निर्देशन दिएका थिए । उनको निर्देशन अनुसार उप मेयर जोशीले आफू सहित ३९ जनाका लागि पोशाक किनेकी छन् ।

महेन्द्रनगरस्थित महालक्ष्मी इम्पोरियबाट सारी, ब्लाउज, पेटीकोटको कपडा किनिएको छ भने सिटी टेलरिङ्गबाट कोट किनिएको छ । महालक्ष्मीबाट किनिएको कपडा सिटी टेलरिङ्गमा सिलाउन दिइएको छ ।

भीमदत्त नगरपालिका कार्यालयका कर्मचारीले महिला जनप्रतिनिधिलाई कपडा लैजान फोन गरी पसलमा पठाएका थिए । महिला जनप्रतिनिधिले कार्यालयबाट फोन आएपछि कपडा किनेर सिटी टेलरिङ्गले लगेर सिलाउन दिएको बताएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...