प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा थपिए डाक्टर, मेयर लिम्बु र प्रवक्ता वस्नेतले गरे स्वागत

पप्पु गुरुङ्ग
दोधारा । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा एक जना डाक्टर थपिएका छन् । दोधारा चाँदनी नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा मेडिकल अधिकृत राजेश जोशी आएका दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।

सरकारको छात्रवृत्ति कोटाबाट करार सेवामा प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा मेडिकल अधिकृत राजेश जोशी आएका हुन् । नयाँ आएपछि केन्द्रमा चार जना डाक्टर आउने भएका छन् ।

janjyoti campus

दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा सञ्चालित कार्यक्रममा मेडिकल अधिकृत राजेश जोशीलाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेत लगायत जनप्रतिनिधले स्वागत गरेका छन् ।

कार्यक्रममा मेयर लम्बु, प्रवक्ता वस्नते, वडा अध्यक्षहरु बिक्रम चन्द, पदम रावल, हरिसिंह धनाडी, भक्त बहादुर सुनार, केशव खत्री, ओंमप्रकाश रोकाया, गोपीलाल कडेंल, चन्द्र बहादुर सिंह, नगरपालिका स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महरा, स्वास्थ्य केन्द्र दोधाराका डाक्टर, निकसाइमन इन्स्टिच्युट बिमल पुन, आईस्था शाही, अधिकारकर्मी खिमा चन्द लगायत सहभागी भएका छन् ।

स्वास्थ्य केन्द्रमा थप एक जना नयाँ मेडिकल अधिकृत आएपछि स्थानीय हर्षित भएका छन् । विगतका तुलनामा प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी सुविधा सम्पन्न बन्दै गएको कार्यक्रममा सहभागीले बताए ।

ग्रामीण भेगमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र त्यहाँका जनताका लागि स्वास्थ्य उपचारको एक मात्र विकल्प हुने गर्छ् । बिगतमा स्थानीय टाढा गएर महंगो अस्पतालमा उपचार गर्ने समस्या हल हँुदै गएको खुशी प्रकट गर्दै कार्यक्रममा दुई वर्षदेखि निकसाइमन इन्स्टिच्युटले प्राथमिक स्वास्थ्य केन्द्रमा प्राविधिक, उपकरण तथा तालिम लगाएत कार्यमा सघाउँदै आएको बताईएको छ ।

कार्यक्रममा मेयर लिम्बुले स्वास्थ्य सेवामा आफू र दोधारा चाँदनी नगरपालिका कार्यालय सहयोगको लागि सदा तत्पर रहेको हँुदा प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई अझ सुविधा सम्पन्न बनाउन सबै जना लाग्नु पर्नेमा जोड दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा नगरपालिका कार्यालयको कोषबाट २ जना, निकसाइमन इन्स्टिच्युटबाट एक जना र नेपाल सरकारबाट एक जना डाक्टर गरि ४ जना डाक्टर कार्यरत रहने भएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...