ghar sansar

कोभिड खोपको प्रयोग बढाउन कञ्चनपुरका सबै स्थानीय तहमा निड्स नेपालको परियोजना सञ्चालन

janjyoti campus

पप्पु गुरुङ्ग
दोधारा । कञ्चनपुरमा निड्स नेपालले कोभिड–१९ खोपका लागि समुदाय परिचालन परियोजना कार्यान्वयन गरिरहेको छ । जिआईजेडको स्वास्थ्य क्षेत्र कार्यक्रमको सहयोगमा निड्स नेपालले उक्त परियोजना लागु गरेको हो ।

कोभिड खोपको कभरेज सत प्रतिशत पु¥याउने नेपाल सरकारको योजनालाई सहयोग गर्ने लक्ष्यका साथ परियोजनाले कार्य शुभारम्भ गरिरहेको परियोजना संयोजक विनोद सिंह कडाराले जानकारी दिएका छन् ।

western public academy

कञ्चनपुर जिल्लामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकासंग समन्वय गरी कोभिड–१९ विरुद्धको खोप अभियानबारे समुदायलाई जानकारी गराउने, परिचालन गर्ने र गतिविधिहरुलाई तिब्र पार्ने उद्देश्यले कञ्चनपुरका सबै ९ वटै पालिकाहरुमा परियोजनाले कार्य गर्ने उनले बताए ।

परियोजनाको कार्यक्रम कार्यान्वयन पश्चात् स्थानीय समुदायमा कोभिड–१९ को खोप कभरेजमा वृद्धि हुने अपेक्षा गरिएको छ् । जुलाई २५ तारिख देखि लागु भएको परियोजनाले यसै वर्षको डिसेम्बर १० तारिख सम्म काम गर्ने बताईएको छ् ।

पालिका स्तरीय परियोजना जानकारी तथा शुभारम्भ बैठक, स्थानीय पालिकाहरुमा परियोजनाको जानकारी तथा कार्य योजना निर्माण बैठक सञ्चालन पश्चात् महिला स्वास्थ्य स्वंयम् सेविकाहरुलाई अभिमुखीकरण, मासिक समीक्षा बैठक, कोभिड १९ को जानकारी तथा भ्याक्सिनको बारेमा संचारमाध्यमबाट जानकारी प्रदान, दुर्गम क्षेत्रहरुमा घुम्ती खोप शिविरहरु सञ्चालन गर्न सहयोग, समुदाय परिचालन गतिविधिहरु तथा प्रचार–प्रसार, गड्डाचौकी सिमा नाकामा खोप कार्यमा सहयोग, नियमित अनुगमन र सुपरिवेक्षण तथा पूर्ण कोभिड १९ भ्याक्सिन पालिकामा सहयोग लगाएतका क्रियाकलाप परियोजनाले गर्ने बताइएको छ् ।

dirhayu

जम्मा ६३ लाख ७४ हजार ६ सय ५० रुपैया“ बराबरको बजेट रहेको बताईएको छ् । दोधारा चा“दनी नगरपालिकामा कोभिड १९ विरुद्धको खोप अभियानका सन्दर्भमा सरोकारवालाहरु बिच आज गरिएको एक अन्तरक्रियामा यस्तो जानकारी गराईएको छ् ।

निड्स नेपालको आयोजनामा दोधारा चादनी नगरपालिकाका जनप्रतिनिधी, स्वास्थ्य शाखा र पालिका भित्रका स्वास्थ्य संस्थाहरुका प्रतिनिधिहरु, सञ्चारकर्मी तथा सरोकारवाला अन्य पक्षको उपस्थितिमा अन्तरक्रिया सम्पन्न गरिएको निड्स नेपालको कोभिड–१९ खोपका लागि समुदाय परिचालन परियोजनाका परियोजना संयोजक विनोद सिंह कडाराले बताए ।

निड्स नेपालका अध्यक्ष अञ्जु जोशी अध्यक्षतामा संचालित कोभिड–१९ खोपका लागि समुदाय परिचालन कार्यक्रमको अन्तरक्रियाका प्रमुख आतिथी दोधारा चा“दनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु रहेका थिए ।

आयोजित कार्यक्रममा कोभिड १९ विरुद्धको खोपको अवस्था, खोप लगाएका व्यक्तिहरुको तथ्यांक र खोप लगाउन बाकी नागरिकहरुलाई खोप प्रदान गर्ने रणनीतिका बारेमा सरोकारवालाहरु बिच छलफल गरिएको छ् ।

जिल्लाभर लक्षित उमेर समूहका नागरिकहरु मध्ये पहिलो मात्रा खोप ९०.९ प्रतिशत, दोस्रो मात्रा खोप ८७.५ प्रतिशत र तेस्रो मात्रा खोप ३१.८ प्रतिशतलाई प्रदान गरिएको जानकारी गराईएको छ् ।

कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी, ईश्वर रेग्मी, नविन भट्ट, मनिषा मल्ल, भावना जोशी, सुनिल सेट््टी, दोधारा चा“दनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश दत्त मिश्र लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...