ghar sansar

दोधारा चाँदनीमा बाढीजन्य विपदबाट जोगिन तेस्रो पटक कृत्रिम अभ्यास

dirghayu ad

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनीको जगबुडा नदीमा विपदको पूर्व तयारीका लागि बाढी सम्बन्धी कृतिम घट्नाको उद्धार अभ्यास गरिएको छ ।

निड्स नेपाल कञ्चनपुरको समुदायको बाढी उत्थाशिलता मापन कार्यक्रम दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) तथा .विभिन्न संघ संस्थाको सहयोग र सहकार्यमा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजको पक्की पुल नजिक जगबुडा नदीमा विपदको पूर्व तयारीका लागि बाढी सम्बन्धि कृत्रिमा घट्नाको उद्धार अभ्यास गरिएको छ ।

ratnam malkhad

दोधारा चाँदनी नगरपालिकामा मनसुनबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि मनसुन पूर्व तयारी तथा बाढी सम्बन्धि कृत्रिम घट्ना अभ्यास गरिएको छ ।

यस वर्ष मनसुनबाट ठूलो क्षति हुने आंकलन गरिएसंगै क्षतिको न्यूनिकरणका लागि विपद् पूर्व तयारीका लागि बाढी सम्बन्धी कृत्रिम घट्ना अभ्यासलाई निरन्तरता दिईएको दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् फोकल पर्सन रघुनाथ भट्टले बताए ।

दोधारा चाँदनी नगरपालिकामा यस वर्ष एनएनएसडब्लुए, निड्स, दोधारा चाँदनी नगरपालिका कार्यालयको समन्वय तथा सहकार्यमा तीन पटक बाढीबाट कसरी स्थानीयको ज्यान बचाउने भन्ने विषयमा कृत्रिम अभ्यास गरिएको छ ।

कार्यक्रममा दोधारा चा“दनी नगरपालिका २ वडा अध्यक्ष तथा वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक पदम बहादुर रावल, ७ का कार्य बाहक अध्यक्ष संदिप उपाध्याय्, दोधारा चा“दनी नगरपालिका कार्यालयका बिपद् फोकल पर्सन रघुनाथ भट्ट, निड्स नेपालको समुदायको बाढी उत्थाशिलता मापन परियोजनाका संयोजक नबिन चन्द, निड्स नेपालका बिनोद कडारा, भावना जैशी, शुनिल सेठ्ठी, एनएनएसडब्लुएका गणेश ठगुन्ना, प्रभुनिधि पन्त, सुरक्षाकर्मी, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी, खोज उद्धार टोली लगायत स्थानीय सहभागी भएका छन् ।

गत कार्तिक २ गते महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनीको बिभिन्न बस्तीमा ठूलो धनमालको क्षति पुगाएको अवस्थालाई ध्यानमा राख्दै विपद् प्रतिकार्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक रावलले बताए ।

खोज उद्धारको लागि कृत्रिम अभ्यास निकै प्रभावकारी रहेको उनले जानकारी दिए । ‘अभ्यासले निखार ल्याउने र बाढी लगायतका प्राकृतिक घट्ना अचानक हुने विपद्बाट बच्न यो अभ्यास कार्यक्रमले निकै सहयोग गर्छ’ उनले भने ।

अभ्यासमा सुरक्षा निकायका सबै अंग, रेडक्रस तथा बिपदका क्षेत्रमा सहयोग पुराउने संघ संस्थाहरुले सहभागिता रहेको उनले बताए ।

मनसुन पूर्वको खोज उद्धार र बाढी बाट हुनसक्ने जोखिम कम गर्न विपद प्रतिकार्य अभ्यास प्रभावकारी हुने दोधारा चाँदनी नगरपालिका ७ का कार्य वाहक अध्यक्ष उपाध्याय्ले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...