ghar sansar

नेपाले बन्दले सार्वजनिक सवारी ठप्प, छिटफुट बाहेक महेन्द्रनगर बजार बन्द

महेन्द्रनगर । विप्लव नेतृत्वको नेकपा सहित चार दलले गरेको नेपाल बन्दको प्रभाव कञ्चनपुर सदरमुकाममा परेको
छ । महेन्द्रनगर बजारमा छिटफुट बाहेक पसल बन्द छन् ।

सार्वजनिक सवारी ठप्प हुन पुगेको छ । सार्वजनिक सवारी वसपार्क, राजमार्ग किनार पार्किङ्ग गरिएका छन् । राजमार्गमा मोटरसाइकल, साइकल र अटो मात्रै सञ्चालन गरिएका छन् ।

mahostaw

बजार क्षेत्रमा बन्दकर्ताले केही पसल आफैंले पनि बन्द गराएका छन् । उद्योगधन्दा, कलकारखना, शिक्षण संस्था बन्द भएका छन् ।

सरकारसित गरिएको तीन बुँदे सहमति सहित एमसीसी, एसपीपी लगायतका सम्झौता विरुद्ध नेपाल बन्द गरिएको छ ।
यसैबीच कैलालीको अत्तरियामा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको वम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...