मटेनामा पनि लगाइयो साउँदको पुल निर्माण स्थलमा कालो ब्यानर

महेन्द्रनगर । नेकपा बहुमतको संगठन युवा जनस्वम सेवक नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका ९ मटैनास्थित राजेन्द्र निर्माण सेवाले पुल निर्माणमा ढिलाई गरेको विरोधमा निर्माण स्थलमा कालो ब्यानर लगाएको छ ।

निर्माण कम्पनीलाई पटक पटक ध्यानाकर्षण गराउँदा वेवास्ता गरिएपछि कालो ब्यानर लगाइएको छ । ब्यानरमा निर्माण कम्पनीले जिल्लाभर निर्माण कार्यमा गरेको लापरवाहीको फेहरिस्त उल्लेख गरिएको छ ।

 

janjyoti campus

निर्माण कम्पनी नेपाली काँग्रेस डडेल्धुरा सभापति एवम् परशुराम नगरपालिकाका निवर्तमान मेयर भीम बहादुर साउँदको हो । कम्पनीले पाँच वर्ष अघि मटेनास्थित कामीकाटे खोलामा पुल निर्माणको ठेक्का लिएको थियो ।

निर्माण कम्पनीलाई कनै चासो नदेखाएपछि संगठन युवा जनस्वमसेवक नेपाल कञ्चनपुरले कालो ब्यानर लगाएको हो । यस अघि भीमदत्त नगरपालिका ११ मा पनि साउँदको पुल निर्माण स्थलमा कालो ब्यानर लगाइएको थियो ।

ghar sansar
सम्बन्धित
Loading...