ghar sansar

दोधारा चाँदनीमा संसदीय निर्वाचन तयारीमा जुट्यो स्वतन्त्र समूह

दोधारा । दोधारा चाँदनीमा स्वतन्त्र समूहले वडागत रुपमा कमिटी गठन गर्ने भएको छ । दोधारा चाँदनी नगरपालिकामा स्थानिय निर्वाचन देखि सक्रिय देखिएको स्वतन्त्र समुहले दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडामा वडा कमिटि गठन गरि आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा होमिने भएको छ ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ मा हिजो बसेको एक बैठकले दोधारा चाँदनीका सबे वडाहरुमा वडा कमिटि गठन गरी आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा होमिने निर्णय गरेको स्वतन्त्र समुहका नेता भिम कुमालले जानकारी दिए ।

केही दिन भित्रै वडा वडामा पुगेर वडा कमिटि गर्ने कार्य अघि बढाउने कार्यक्रम रहेको उनले बताएका छन् । वडा कमिटि गठन पश्चात नगर कमिटि गठन गरिने स्वतन्त्र समुहका अर्का नेता भक्त बहादुर सुनारले बताएका छन् । कमिटि गठनको लागि स्वतन्त्र समुहका नेता वडा वडामा परिचालन भएको बताईएको छ ।

Himal dental
सम्बन्धित
Loading...