ghar sansar

शुक्लाफाँटा सकिन थाल्यो प्रशासकीय भवन निर्माण

janjyoti campus

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा आधुनिक प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भवन निर्माणको काम ९४ प्रतिशत पूरा भएको छ। एसियाली विकास बैंक(एडीबी) को सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत १० करोड रुपैयाँ लागतमा भवन निर्माण अघि बढेको हो ।

निर्माणाधीन भवनमा भुइँतलामा ३१ वटा र पहिलो तलामा १९ गरी ५१ वटा कोठा छन्। भवनमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्ष, सचिवालय, विषयत १० वटै शाखाका कार्यकक्ष, सभा हल, सौचालय लगायत निर्माण गरिएको नगरपालिकाका इन्जिनियर दिपक धामीले बताए ।

western public academy

‘भवनका दुवै तलाको ढलानको कार्य पूरा भै रंगरोगनको कार्य भइरहेको छ’, उनले भने, ‘दुई महिनाभित्रै भवन निर्माणको कार्य पूरा हुन्छ’ शर्मा एण्ड कम्पनीसँग भवन निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ ।

dirhayu

भवन निर्माणका लागि निर्माण कम्पनीसँग सन् २०१९ को अगष्टमा सम्झौता गरिएको थियो । भवन निर्माणका लागि निर्धारित समयावधि गत असार मसान्तमै सकिएको छ । सम्झौता अनुसार तीन करोडको निर्माण कम्पनीले थप कार्य गर्नु पर्ने भएकाले म्याद थपका (भेरिएसनका) लागि पठाइएको छ ।

‘भवन निर्माणको कार्य लगभग पूरा भएको छ’, इन्जियिर धामीले भने, ‘भवन निर्माणसँगै पालेघर र पर्खाल निर्माण गरिएको छ। टायल बिछ्याउने, गार्डेन निर्माण गर्ने, प्रवेशद्वार र पार्किङस्थल निर्माण भैरहेको छ, त्यो कार्य पूरा भएपछि निर्माण पूरा हुन्छ ।’

भवन निर्माण भैरहेको जग्गाको क्षेत्रफल छ हजार ४०८ वर्ग मिटर अर्थात् १९ कठ्ठा रहेको छ। भवनले मात्रै ओगटेको क्षेत्रफल एक हजार ६८० वर्ग मिटर छ ।

‘मुख्य प्रशासकिय भवन निर्माणको कार्य पूरा भएपछि सेवाग्राहीलाई सेवा उपलब्ध गराउन निकै सहज हुन्छ’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘अहिले जस्तो विषयत शाखा सञ्चालन गर्न गाह्रो हुँदैन । एकै भवनबाट नगरपालिकाबाटसबै सेवा सेवाग्राहीलाई उपलब्ध गराउन सकिन्छ ।

Himal dental
सम्बन्धित
Loading...