ghar sansar

दोधारा चाँदनीका मेयरले दिए २९ कार्यकर्तालाई छाडा पशु चौपाया हेर्ने जागिर, भन्छन्– पीडा कम नभए सम्पर्क गर्नु होस

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले छाडा पशु चौपायाको पीडा कम नभए आफुसंग सिधै सम्पर्क राख्न अनुरोध गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकामा रहेको छाडा चौपायाले स्थानिय किसानको धान, मकै तथा तरकारी बाली खाएर नष्ट गर्न थालेपछि दोधारा चाँदनीबासीको जनजिवन प्रभावित हुँदै आएको छ ।

mantra hos123

दोधारा चाँदनी नगरपालिका संग जोडिएको पालिकाहरु त्था सिमा पारीबाट आउने छाडा पशुचौपायाहरुलाई नियन्त्रण तथा ब्यवस्थापन गर्न दोधारा चा“दनी नगरपालिकाका जनप्रतिनिधिहाई समस्या देखा परेको छ ।

खेतबारी र सडकमा देखा पर्ने बेग्रल्ती छाडा पशु चौपाया नियन्त्रण गर्न दोधारा चाँदनी नगरपालिकालाई सकस भएको छ । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनमा गर्दै आएको कार्यले स्थानिय किसानमा राहत महशुस नभए नगरपालिका कार्यालयमा आएर जानकारी गराई दिन आग्रह गरेका छन् ।

उनले छाडा पशुचौपाया नियन्त्रण तथा ब्यवस्थापनको लागी नगर क्षेत्रमा ६÷६ स्थानमा का“ञ्जी खोर निमार्णसंग चौपायाका लागि २९ जना हेरालु राखेको बताए ।

उनले सामाजिक संजाल फेसबुकमा एक स्टाट्स लेख्दै नगरपालिका कार्यालयको बजेटले भ्याय सम्म हामी जनताको सल्लाह सुझाव अनुसार नयाँ रणनीति अनुसार व्यवस्थापन कार्य गर्ने बताएका छन् ।

‘अब नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्दै गरेको पहलले जनतालाई कुनै किसिमको राहात तथा सुविधा महसुस भएको छैन् भने तुरुन्तै नगरपालिका आएर जानकारी गराईदिनको निम्ति म विनम्र अनुरोध गर्दछु । यो दुई महिनामा कतिले घरका चौपाया छोड्नु भएको छ र कति भारतबाट भित्रिएको छ त्यो सबैलाई जानकारी भएकै हुनु पर्छ ।

वर्षेनी बालीनास भए गरिबी बढ्ने र गरिबीमा बाँच्नु पर्दाको पीडा, गरिबीले निम्त्याउने विकृती विसंगती, सरकारमा पर्ने नकारात्मक प्रभाव सबै कुराको बारेमा ध्यान पु¥याएर हामीले समग्र किसानको आयको स्रोत अन्नबाली जसरी पनि जोगीनु पछर्् भनेर चौपाया व्यवस्थापनको लागि ६ ÷ ६ ठाउँमा खोर बनाएर २९ जना हेरालु समेतको व्यवस्थापन गरेका हौ ।

तर पनि कृषक जनताको पीडा कम नभएको भए अब सिधै नगरपालिका आएर सम्पर्क गर्नको निम्ति म फेरी पनि विनम्र अनुरोध गर्दछु । नगरपालिकाको बजेटले भ्याएसम्म हामी यहाँहरुको सल्लाह सुझाव अनुसार नयां रणनिति अनुसार अगाडि बढ्ने कुरा जानकारी गराउदछु’ सामाजिक सञ्जाल फेसबुकमा मेयर लिम्बुले लेखेका छन् ।

Himal dental
सम्बन्धित
Loading...