महेन्द्रनगर । मदिरा सेवन गरी युवतीलाई लक्ष्मी होटेलमा लगेर सञ्चालकसित विवाद गरेपछि भीमदत्त नगरपालिकाका एक जनप्रतिनिधि प्रहरी कार्यालयसम्म पुगेको खुलेको छ । महेन्द्रनगरस्थित लक्ष्मी होटलमा इन्ट्री नगरी कोठा नदिने विषयमा सञ्चालकसित विवाद भएपछि ती जनप्रतिनिधिलाई प्रहरी बोलाएर पक्राउ गर्न लगाएको हो ।
होटल सञ्चालक नर विष्टलाई भीमदत्त नगरपालिका २ का वडा सदस्य नरेश कुँबर धम्की दिएपछि होटेलबाट जनप्रतिनिधि पक्राउ गरिएको बाहिर आएको हो । वडा सदस्य कुँबरले साउन ३० गते होटल सञ्चालक विष्टको ग्राहकसित बिललाई लिएर भएको विवादमा धम्की दिएको बताएका छन् । वडा सदस्य कुँबरले धम्की दिएको साँझ ती जनप्रतिनिधि युवती लिएर होटलमा आएको बाहिर आएको हो । होटल स्रोतका अनुसार ती जनप्रतिनिधि र युवती दुबैले मदिरा सेवन गरेका थिए ।
‘होटलमा धम्क्याउने र वितण्डा मच्चाउन थालेपछि प्रहरीलाई खबर गर्दा तुरुन्तै आएर ती जनप्रतिनिधिलाई पक्राउ गरी लगिएको थियो’ होटलका कर्मचारीले भने,‘ जनप्रतिनिधि मदिरा खाएर आएका थिए, साथमा एउटा केटी ल्याएका आएका थिए, अनावश्यक विवाद गर्न थाले युवतीलाई ल्याएर बिना ईन्ट्री कोठा माग्न थाले, दिएन, विवाद भयो, एक झापड पनि हाने, प्रहरीलाई बोलाएर बुझाई दिए, उनका नेता र उनले माफी मागे छाडि दिए ।’
होटल सञ्चालक विष्ट वडा सदस्य कुँबरले धम्की दिएपछि फेरि प्रहरी कार्यालय पुगेका छन् । साउन ३० गते कोठा लिएर कोषिष कुँवर बसेका थिए, उनीहरुले कोठा खाए बाफत झण्डै ७०÷७२ हजार बिल आएको थियो, उक्त रकम बढि भयो भन्दै बसेका भाईहरुले विवाद गरे, त्यहीं विषयलाई लिएर धम्की दिइयो’ विष्टले भने ।
होटलमा आएर वडा सदस्य कुँबरले सञ्चालक विष्टलाई उठाई दिने र लालपुरको घर ध्वस्त पार्ने धम्की चेतावनी दिएको बताए । ‘मलाई धम्की र होटलबाट कागजपत्र खोसेर लगेपछि मैले नरेश कुँवर र कोषिष कुँवर बिरुद्धमा उजुरी दिएको छुँ, उनले भने, ‘प्रहरीले समेत मेरो उजुरीमा केही गरेको छैन ।’ उनले यस विषयमा भीमदत्त नगरका मेयर पदम बोगटीलाई जानकारी दिएर कारवाहीका लागि आग्रह गरिएको विष्टले बताए ।