महाकाली नदीको बाढीले भुजेलामा थाल्यो कटान, कटान स्थलमा पुग्यो प्राविधिक टोली

महेन्द्रनगर । महाकाली नदीले भीमदत्त नगरपालिका ११ भुजेलामा कटान सुरु गरेको छ । लगातार वर्षापछि नदीमा पानीको सतह बढेपछि कटान गरिएको छ । अहिलेसम्म नदी किनारका ५–७ मिटरसम्म कटान गरिएको छ । नदीमा पानीको सतह कम नभएसम्म कटान नियन्त्रणमा आउन संकेत नदेखिएको प्राविधिकहरु बताउँछन् ।

नदीले कटान गरेपछि महाकाली पुल आयोजनाका प्राविधिक दुर्गादत्त अवस्थी सहित सुरक्षाकर्मी कटान स्थलमा पुगेका छन् । महाकाली पुल आयोजनाका प्राविधिक अवस्थीले नदीमा पानीको सतह घटेपछि कटान नियन्त्रण आउन सक्ने बताए । ‘बाढी नियन्त्रणमा आए कटान रोकिन्छ सक्छ’ उनले भने ।

Sisu
सम्बन्धित
Loading...