कामीकाटे खोलामा अवैध उत्खनन गरि रहेको जेसिभी सशस्त्रले लियो नियन्त्रणमा, नगरपालिका कार्यालयलाई बुझाइयो
महेन्द्रनगर । सशस्त्र प्रहरीले भीमदत्त नगरपालिका ९ मटेनास्थित कामिकाटे खोलामा अनाधिकृत उत्खनन गरि रहेको सवारी साधन नियन्त्रण लिएको छ । सशस्त्र प्रहरीको ब्रह्मदेब बोर्डर आउट पोष्टले मंगलबार चालक सहित जेसिभीलाई नियन्त्रणलाई लिएर नगरपालिका कार्यालयमा बुझाएको छ ।
नगरपालिका कार्यालयका अनुसार नियन्त्रणमा लिइएको जेसिजी महाकाली सिँचाई आयोजनाको तेस्रो चरण अन्र्तगत नहर निर्माणमा संलग्न निर्माण कम्पनीको हो । कामीकाटे खोलामा गएर उत्खनन गरिएको अवस्थामा स्थानीयले दिएको जानकारीका आधारमा जेसिजी पक्राउ गरिएको छ ।
भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिह धामीले सशस्त्र प्रहरीले चालक सहित जेसिजी कार्यालयमा बुझाएको बताए । ‘चालक र जेसिभी कार्यालयमा बुझाइएको छ’ उनले भने ।
नगरपालिकालाई अनाधिकृत खोलामा उत्खनन गरि रहेको जेसिभीमाथि छानबिन गरी जरिवना गर्न सक्ने अधिकार छ । नगरपालिकाले असोज १ गतेसम्म खोलानालामा उत्खनन बन्द गर्ने निर्णय गरेको थियो । नगरपालिकाको निर्णय विपरित उत्खनन गरिएपछि जेसिभीलाई कारवाही गर्न लागिएको हो ।