ghar sansar

सरकार र विद्यालय कर्मचारी परिषद्बीच बिहीबार वार्ता, शिक्षा मन्त्रालयमा बुझाइयो विवरण

khasi

महेन्द्रनगर । सरकार र नेपाल विद्यालय कर्मचारी परिषद्बीच बिहीबार वार्ता स्थगित हुने भएको छ । विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि लगायतका माग अघि सार्दै विद्यालय बन्द गरी आन्दोन सुरु गरेपछि सरकारले परिषद्लाई वार्ताका लागि बोलाएको थियो ।

dirghayi clinic

परिषद्ले वार्ताका लागि गंगाराम तिवारीको अध्यक्षतामा समिति गठन गरेको थियो । सरकारको आव्हानपछि वार्ताका लागि समिति गठन गरी अघि बढेको परिषद्का केन्द्रीय उपाध्यक्ष लक्ष्मण दत्त भट्टले बताए ।

वार्ता टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा विवरण पेश गरी सकेको छ । तिवारी नेतृत्वको समितिमा वरिष्ठ उपाध्यक्षहरु प्रदिप श्रेष्ठ, लक्ष्मण भट्ट, उपाध्यक्ष राम प्रकास कुमाई, सरिता रेग्मी(पौडेल), महासचिव शान्ति नाथ योगी, आन्दोलन परिचालन संयोजक बब्बन कुमार मिश्र, उप महासचिव प्रेम बहादुर खत्री सदस्य छन् ।

Himal dental
सम्बन्धित
Loading...