ghar sansar

दलित समुदायका ब्रतालु महिलाको पूजापाठ नगर्ने पुजारी विरुद्ध किटानी लिएर पीडित पुगे प्रहरी कार्यालय

khasi

महेन्द्रनगर । महाकाली नदीको भुजेला घाटमा बिहीबार दलित समुदायका ब्रतालु महिलाहरुको पूजापाठ गर्न अस्वीकार गर्ने पुजारीलाई कारवाहीको माग गर्दै पीडित र अधिकारकर्मी प्रहरी कार्यालय पुगेका छन् । उनीहरुले प्रहरी प्रमुख श्याम सिह चौधरीलाई भेटेर सार्वजनिक स्थानमा पुजारीले जातीय भेदभाव गरेकाले कारवाहीको माग गरेका छन् ।

प्रहरी उपरीक्षक चौधरीको कार्यकक्षमा उनीहरुले घट्नाबारे जानकारी गराउँदै संविधान विपरित आफूहरुमाथि पूजारीले जातीय रुपमा अपमान हुने गरी पूजापाठ गर्न अस्वीकार गरेको बताएका छन् ।

Anant bahu travels

ऋषि पञ्चमीका दिन भुजेलाघाटमा थर थाहा पाएपछि भीमदत्त नगरपालिका १० का पुजारी सहदेब भट्टले भगवानले जात छुट्याएको भन्दै पूजापाठ गर्न अस्वीकार गरेका थिए । त्यस विरुद्ध पीडित भीमदत्त नगरपालिका ५ वनगाउँकी सन्जु नेपाली सहित महिलाले प्रहरी उपरीक्षक चौधरीलाई घट्नाबारे जानकारी दिएका छन् ।

dirghayi clinic

उनीहरु प्रहरी कार्यालयमा पुजारी विरुद्ध किटानी जाहेरी लिएर गएका थिए । बिहीबार सार्वजनिक विदाको दिन भएपछि उनीहरुको जाहेरी दर्ता गरिएको छैन । छलफलमा प्रहरी उपरीक्षक चौधरीले सार्वजनिक स्थानमा कानुनी रुपमा विभेद गर्न नपाइने भएकाले आफूले घट्नालाई गम्भीर रुपमा लिएको बताए ।

‘किटानी लिएर प्रहरी कार्यालयमा गएका थियौ, सार्वजनिक विदाको दिन भएपछि दर्ता हुन सकेन, प्रहरी उपरीक्षकज्यूसंग यसबारे छलफल भयो’ प्रहरी कार्यालय गएका अधिकारकर्मी शिविराज रानाले भने,‘वहाँले यो कानुन विपरित कार्य हो, यसमा एक्सन लिन्छु भन्नु भएको छ ।’

प्रहरी उपरीक्षक चौधरीले कार्यालय खुलेपछि जाहेरी दर्ता गरी कानुनी प्रक्रियामा जाने आश्वासन दिएको रानाले बताए ।
प्रहरी उपरीक्षक चौधरीसित पीडित नेपालीले पुजारीले पूजापाठ नगर्ने भनेर दिएको अभिव्यक्ति सहितको भिडियो भएको बताएकी छन् । भुजेला घाटमा महिला र पुजारीबीच भएको कुराकानीको भिडियो बाहिर आएको छ । त्यसमा पुजारी भट्टले भगवानले नै जात छुट्याएकाले आफूले पूजा गर्न नगर्ने स्पष्ट पारेका छन् ।

पीडित नेपालीका अनुसार पूजापाठका लागि पुजारी भट्टसित गएका उनीहरुलाई सुरुमा गोत्र सोध्ने क्रममा थर बाहिर आएपछि उनले पूजापाठ नगर्ने बताएका थिए । त्यसपछि पुजारी र महिलाहरुबीच विवाद भएको थियो । विवादमा क्रममा महिलाहरु प्रहरी बोलाउन गएपछि उनी पुजास्थल छाडेर भागेका थिए ।

पीडित नेपालीले प्रहरी कार्यालय खुलेको दिन जाहेरी दर्ता गर्ने बताइन् । ‘आज प्रहरी कार्यालय गएका छौ, कार्यालय खुलेको दिन जाहेरी दिन्छौ’ उनले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...