महेन्द्रनगर । नेकपा (एमाले) सम्बद्ध नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले एक वर्ष अघि सवारी दुर्घटनमा परी ज्यान गुमाएका संगठनका सदस्य दिनेश दमाईको परिवारलाई सहयोग गरेको छ । भीमदत्त नगरपालिका कमर्मचारी दमाईको गत वर्ष सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
संगठनले स्वर्गिय दमाईकी आमा जानकीलाई शनिबार संगठनको कर्मचारी कल्याण कोषबाट नगद एक लाख सहयोग दिएको हो । एमाले कञ्चनपुर इन्चार्ज निरुदेवी पाल र जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले सहयोग रकम हस्तान्तरण गरेका छन् ।
संगठनका अध्यक्ष मान बहादुर चन्दले दमाई परिवारको कमजोर अवस्था भएकाले सहयोग गरिएको बताए । स्वर्गिय दमाईका दुई सन्तान छन् ।